Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय जोडीलाई नेपालमा १० वर्षे प्रतिबन्ध !

Bhartiya

काठमाडौं । नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध मंगलबारदेखि नै कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्रतिवन्धसँगै उनीहरुले यसअघि नेपाल सरकार, पर्यटन विभागबाट पाएको आरोहणको प्रमाणपत्रसमेत रद्द भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्