Logo
१३ बैशाख २०८१, बिहीबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलम्पिकमा जितेको कास्य पदक रातारात रजतमा परिवर्तन

Khel news

एजेन्सी, नयाँ दिल्ली  । भारतीय कुस्तीबाज योगेश्वर दत्तले रियो ओलम्पिकमा कुनै पदक जित्न सकेनन् । तर, उनले मंगलबार बिहान एउटा ट्वीट गरेर भारतीय खेल जगतलाई शुभ समाचार दिए । त्यो समाचार थियो, ४ वर्षअघि उनले लन्डन ओलम्पिकमा जितेको कास्य रातारात रजतमा परिवर्तन भएको हो ।

लन्डन ओलम्पिकमा योगेश्वरले ६० केजी तौल समुहमा कास्य जितेका थिए । उनीभन्दा माथि रुसका कुस्तीबाज बेसिक कुदखोवले रजत जितेका थिए । तर, कुदखोबको हालै सम्पन्न अर्को डोपिङ टेस्ट पोजिटिभ पाइएपछि रुसी खेलाडीको पदक खोसिएको छ। र, उनको ठाउँमा कास्य जित्ने योगेश्वरले त्यो पदक पाउने भएका छन् ।

अब लन्डन ओलम्पिकको पदक तालिकामा भारतको नाममा ३ रजत र ३ कास्य हुनेछ । रुसी खेलाडीको चौथो पल्ट डोपिङ स्याम्पल टेस्ट भएको हो । कुदखोव ४ पल्टका विश्व च्याम्पियन हुन्। नयाँ नियमअनुसार खेलाडीको डोपिङ स्याम्पल १० वर्षका लागि सुरक्षित राख्ने प्रावधान छ ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्