Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मूल्य कम तर विशेषतामा आइफोनभन्दा चार कदम !

oneplus-3-price-in-nepal-14000

एजेन्सी, बजारमा निकै तीब्र रुपमा आफ्नो पकड बनाउन सफल वन प्लसथ्री यस्तो मोबाइल हो जसमा तमाम विशेषता भएतापनि मूल्य निकै कम छ । वन प्लस थ्रीमा ती सबै खुबीहरु छन् जुन एक महँगो स्मार्टफोनमा मात्र दिइएको हुन्छ ।

जहाँ आइफाने सिक्सको मूल्य ६५० डलर मूल्य रहेको छ भने सामसङ एससेभेनको ७ सय डलर रहेको छ । तर वन प्लसथ्रीको मूल्य ३ सय ९९ डलर अर्थात् लगभग ४३ हजार रुपैयाँमात्र राखिएको छ । वन प्लस थ्रीमा १६ मेगापिक्सेल क्यामरा रहेको छ । जुन यो रेन्जको फोनमा साधारण होइन । यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि रहेको छ जसले निकै राम्रो सेल्फी खिच्दछ ।

यसमा एचडी १०८० पी अमोल्ड डिस्प्ले रहेको छ । यो सामसङ एससेभेन जस्तो शानदार त छैन तर अरु फोनहरुजस्तो हल्का पनि छैन । यसमा प्रयोग गरिएको डिस्प्ले आइफोन सिक्समा प्रयोग गरिएको छ । यसमा ६४ जीबिको इन्टरनल मेमोरी रहेको छ । जुन अरुभन्दा २ देखि ४ गुणा बढि हो ।

यसमा ६ जीबीको र्याम रहेको छ जसले गर्दा यो अरु फोनभन्दा निकै फास्ट हुनेछ । २.२ जीएचजेड स्न्यापड्र्यागन प्रोसेसर निकै कमालको छ । मात्र आधा घण्टामा ६० प्रतिशत चार्ज हुने यसको क्षमताले यो फोनलाई अरुभन्दा भिन्न बनाएको छ । हुन त यो फाने ब्याट्री ब्याकअप र डिजाइनमा भने थोरै कमजोर रहेको छ । तर मूल्य अनुसार यो फोन सस्तो मान्नुपर्छ । यो फोनलाई चाँडै नै नेपालमा लञ्च गरिने बताइएको छ ।

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्