Logo
७ बैशाख २०८१, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओलीका मान्छे, ‘नटरवाल पाठक’ अर्काकी पत्नी टिपेर कुलेलाम !

Dipak-Pathak

काठमाडौं, ९ भदौ । सबैतिरबाट एकैचोटी ‘साफ’ भएपछि, नटरवाल दीपक पाठक सहप्राध्यापकी पत्नीसहित बेपत्ता भएका छन् । त्रिविमा अध्यापन गर्ने न्यौपाने थरका ती प्राध्यापक नटरवालले पत्नी उम्काएपछि सात वर्ष छोरो स्याहार्दाको हैरानीमा छन् । सासूले छोरी खोजी गरिपाऊँ भनी टेकुस्थित प्रहरी परिसरमा निवेदन पनि दिएकी छिन् । तर, भएजति नम्बर फ्याँकेर बेपत्ता भएका उनीहरु कहाँ छन् अहिलेसम्म पत्ता लागेको छैन् ।

उनीहरु साउन अन्तिम सातादेखि हराएका हुन् । हरिबोधनी एकादशीको बिहन न्यौपाने कीर्तिपुर पुगे । तर, फर्किएर घरमा आउँदा पत्नी थिइनन् । पत्नीको चाबहिल, चुच्चेपाटीमा कस्मेटिक पसल छ । त्यसदिन पसलमा भोटेताल्चा लगाएर बेपत्ता भइन् । न्यौपानेले पत्नी खोज्न ससुरालीमा फोन गरे । तर, त्यहाँ पनि फेला परिनन् ।

छोरी हराएपछि आमाले ज्योतीषलाई देखाइन् । ज्योतीषले परपुरुषसँग हिँडेको भनेपछि उनले प्रहरीकहाँ खोजतलास जाहेरी दिइन् । सामाजिक प्रतिष्ठाका कारण नाम र वतन खोल्न चाहिनन् । पति काममा हिँड्नासाथ दीपक कस्मेटिक पसल पुग्थे । न्यौपानेलाई पहलिादेखि नै उनीहरुको सम्बन्धबारे शंका थियो । उता, चाबहिलतिरकै अर्की एक महिलाको आफ्नो पाँच लाख खाएर भागेको भन्दै पाठकको खोजी गरिरहेकी छन् । यसअघि आफ्नो चार लाख रुपैयाँ नतिरेपछि पत्रकार महासंघका केन्द्रीय सदस्य रामहरी सिलवालले पाठकको ९०९३ नम्बरको टोयटा गाडी तानेका थिए ।

पैसा तिरेर रामहरीबाट गाडी फिर्ता ल्याएका पाठक त्यसलगत्तै अर्काकी पत्नी भगाएर फरार भएका हुन् । केपी ओलीको जोडबडले प्रेस काउन्सिल सदस्य वैशाख १७ गते नियुक्त पाएका पाठकलाई सार्वोच्च अदालतले असार २८ मा पदबाट बर्खास्थ गरेको थियो भने अनधिकृत रुपमा भुक्तानी लिएको ५ लाख ७३ हजार तुरुन्त सरकारी कोषमा दाखिला गर्न अख्तियारले निजलाई कडा आदेश जारी गरेको छ । उनी अहिले अख्तियार र सूचना विभागको निम्तिसमेत राजकीय सम्पति दुरुपयोग गर्ने अभियुक्त हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रकाशित मिति: Aug 25, 2016

प्रतिक्रिया दिनुहोस्