Logo
१३ बैशाख २०८१, बिहीबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कामदारमाथि लेबनानले लगायो  प्रतिबन्ध !

Lewnan

काठमाडौं ७ भदौ । लेबनानले नेपाली कामदार लिन बन्द गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदारका लागि विभिन्न अनिवार्य रुपमा शर्तहरु राख्दै ल्याएको निर्देशिका आफ्नो श्रम कानुनसँग बाझिएको भन्दै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध जारी गरेको हो ।

नेपाल सरकारले विदेशिने घरेलु कामदारका लागि ल्याएको नयाँ निर्देशिकाप्रति असन्तुष्टी जनाउँदै लेबनानले नेपाली कामदार लिन बन्द गरेको हो । यसबारे लेबनान मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली नियोगसँग परामर्श गरिएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ । लेबनानमा अधिाकंश नेपाली महिला घरेलु कामदार जाने गरेका छन् ।

लेबनानको श्रम मन्त्रालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै कामदार मगाउने रिक्रुटमेन्ट कम्पनीले १० हजार डलर एकमुष्ट धरौटी राख्नुपर्ने र १० जना बढी कामदारका लागि जनही १ हजार डलर धरौटी थप्नुपर्नेसहित थुप्रै सुविधा लेबनानको श्रम कानुनले सम्बोधन नगर्ने भन्दै नेपाली कामदार तत्कालका लागि नलिने जनाएको हो ।

 

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्