Logo
१२ बैशाख २०८१, बुधबार
(August 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘समाचार लेखेरै पत्रकारलाई बाँच्ने बनाउन लागिपर्छु’

Ram karki News

नुवाकोट । सुचना तथा सञ्चारमन्त्री राम कार्कीले नेपाली सञ्चार क्षेत्रमा क्रियाशील श्रमजीवी पत्रकारको दयनिय अवस्थामा सुधार ल्याउन आफ्नो कार्यकालमा लागि पर्ने बताएका छन् ।  नुवाकोटको विदुरमा वुधवार प्रेस सेन्टर नेपाल जिल्ला शाखाको प्रथम एकता सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी सञ्चारमन्त्री कार्कीले पत्रकारलाई पेशाबाट पलायन हुनवाट रोक्नका लागि उचित पारिश्रमिक दिनै पर्ने बताए ।

आफुले नेपालका श्रमजिवी पत्रकारलाई समाचार लेखेकै भरमा वांच्न सक्ने वनाउने अठोट लिएको वताउँदै मन्त्री कार्कीले मिडिया हाउससँगको समन्वयमा पत्रकारको श्रम अनुसारको मूल्य सुनिश्चित गर्ने बताएका हुन् । ‘अब राज्यको जिम्मेवारी समाचार लेखेरै पत्रकार र तिनका परिवारलाई बाँच्न सक्ने बनाउनु हो, उनले भने, ‘यसको निम्ति पनि मेरो कार्यकाल केन्द्रित गर्नेछु ।’

उनले पत्रकारले सञ्चार माध्यममा समाचार लेखेर उचित पारिश्रमिक नपाएको अवस्थामा यसको समाधानका लागि सञ्चारगृहका मालिकसंग वसेर समन्वय, सहमतिमै समाधान गर्ने पनि बताए । उनले पत्रकारितामा भएका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको भन्दै एउटा पत्रकारलाई सदैव पत्रकारितामै टिक्ने वातावरण मिलाउन सरकार क्रियाशील रहेको दावी गरे ।

श्रमजिवी पत्रकारहरुको समस्या अहिले प्रमुख रुपमा आएको र यसलाई समाधान नगरि गुणस्तरियता, विस्वसनिय तथा दीर्घकालीन रुपमा पत्रकारिता हुन नसक्ने मन्त्रि कार्कीले धारणा थियो । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्यसमेत रहेका मन्त्रि कार्कीले पत्रकारहरु पनि जिम्मेवार रुपमा प्रस्तुत भई सत्यतथ्य विषयलाई वाहिर ल्याएर नकाात्मक विषय मात्रै नभई सकारात्मक विषयलाई उठान गरेर स्थानीयलाई सहयोग गर्न आग्रह गरे ।

कुनै पनि घटनालाई कारणसहित वाहिर ल्याएर एउटा सचेत र आशावादी पत्रकारले जनताको मन जित्नु पर्ने मन्त्रि कार्कीको भनाई छ ।आफुले श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन तथा पत्रकारहरुको हकहितका लागि सदैव क्रियाशील रहने मन्त्रि कार्कीले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति: Aug 18, 2016

प्रतिक्रिया दिनुहोस्