Logo
६ बैशाख २०८१, बिहीबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार मञ्चको सह–संयोजकमा साह र गुप्ता मनोनित

Press Manch

काठमाण्डौ, ३१ साउन । सद्भावना पार्टीका पत्रकारहरुको सङ्गठन सद्भावना पत्रकार मञ्चको केन्द्रीय सह–संयोजक पदमा धनुषाका पत्रकार बिन्द किशोर साह (किशोर गुरु) र नेपालगञ्जका पत्रकार आशिष गुप्ता मनोनित भएका छन् ।

सद्भावना पार्टीका निर्णय अनुसार पत्रकार साह र गुप्तालाई केन्द्रिय सहसंयोजक पदमा मनोनित गरिएको हो । पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पार्टीको विधानको धारा ३६.४ अनुसार पत्रकार साह र गुप्तालाई केन्द्रीय सह–संयोजक पदमा मनोनित गरिएको घोषणा गरे ।

हाल हुलाकी न्यूजमा आवद्ध साह सँगै न्युज यर्थातका सम्पादक गुप्तालाई समेत सद्भावना पत्रकार मञ्चको केन्द्रिय सहसंयोजक पदमा मनोनित गरिएको पार्टीले जनाएको छ ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस अघि नै वीरगंजका सक्रिय पत्रकार एवं एनपीडेली न्युज अनलाईनका संचालक संतोष पटेललाई केन्द्रिय संयोजकमा नियुक्त गरिसकेका छन् ।

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्