Logo
१५ चैत्र २०८०, बिहीबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस फोरम सुनसरी शाखाले साप्ताहिक पत्रिका प्रकाशन गर्ने

Foram News
सुनसरी । संघीय प्रेस फोरम नेपाल सुनसरी शाखाले ‘पहिचान दर्पण साप्ताहिक’ पत्रिका प्रकाशन गर्ने भएको छ । शनिबार धरानमा बसेको शाखाको तेस्रो बैठकले उत्पीडन र बहिष्करणमा परेका समुदायको आवाज बुलन्द गर्ने उद्देश्य सहित साप्ताहित प्रकाशन सुरु गर्ने निर्णय गरेको हो ।

संघीय प्रेस फोरम नेपाल संघीय समाजवादी फोरम नेपाल निकट पत्रकारहरुको संगठन हो । शाखाका अध्यक्ष चन्दन रौनियारले पत्रिका सञ्चालनका लागि तत्काल प्रक्रिया अगाडि बढाइने बताए । पत्रिकाको प्रधान सम्पादकमा भने रौनियार आफै रहनेछन् । सम्पादकमा ताजुब लिम्बू, कार्यकारी सम्पादकमा प्रविण राई, प्रवन्ध निर्देशकमा प्रेम गिरी र अतिथि सम्पादकको जिम्मेवारी गोपाल देवानलाई दिइनेछ ।

त्यस्तै प्रमुख समाचारदाता रिमिश श्रेष्ठ, संवादतादाहरुमा आरती चौधरी, प्रकृति रौनियार, मान्यता साह, मुना थापा, सीमा पौडेल हुनेछन् भने सल्लाहकारको रुपमा पारस काङमाङ राई, सरोजकुमार सिंह, गोविन्द अग्रवाल, हरिकिशुन डाँगा र निश्चल शाक्य रहने बताइएको छ ।

पत्रिकाको सम्पादक बनाइने ताजुब लिम्बू पार्टीको सुनसरी जिल्ला समितिका सचिव हुन् भने सल्लाहकारमा राखिएका काङमाङ राई धरान उपमहानगर समितिका प्रमुख हुन् ।

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्