Logo
१३ बैशाख २०८१, बिहीबार
(August 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराष्ट्रपति उपचारमा पेस्कीस्वरूप सरकारको दश लाख

Ram-baran-yadav

काठमाडौं । सरकारले पूर्वराष्ट्रपति पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचारका लागि दस लाख रुपैयाँ दिने भएको छ । अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपति यादवलाई उपचार गराउन बिल प्राप्त भएपछि हिसाब मिलाउने गरी पेस्कीस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

पारिवारिक स्रोतका अनुसार यादवको प्रोस्टेटमा जटिल समस्या देखिएपछि उनलाई भारत लगिएको हो । उनका साथमा छोरा चन्द्रमोहन र छोरी अनिता छन् ।  पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन् ।  त्रिवि शिक्षण अस्पतालमा परीक्षणक्रममा यादवको पिसाब नलीमा संक्रमणसाथै प्रोस्टेटसम्बन्धी समस्या देखिएको थियो ।

उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन् । यादवले उक्त अस्पतालमा अध्ययन गरेका थिए । साउन दोस्रो साता जनकपुरमा रहेका बेलामा यादवको पिसाब नलीमा समस्या देखिएको थियो। अस्पताल स्रोतका अनुसार डा. यादवको प्रोस्टेट ग्रन्थी बढेको छ। प्रोस्टेट पुरुषको पिसाब नलीमा हुने एक ग्रन्थी हो जुन विभिन्न कारणले बढ्ने वा सुक्ने गर्छ ।

वरिष्ठ युरोलोजिस्ट अर्जुनदेव भट्टका अनुसार प्रोस्टेट ग्रन्थी बढ्ने क्रममा एकनासले नभएर दाँया–बायाँ वा बीचको भागमा विशेष आकारले वृद्धि हुन सक्छ । प्रोस्टेट ग्रन्थीका कारण छिटोछिटो पिसाब लाग्ने, तुरुन्त पिसाब नखुल्ने, पिसाब रोक्नै नसकी चुहिने, निखि्रएको अनुभूति नहुनेजस्ता लक्षण देखिने उनले जानकारी दिए । डा. यादवको आन्द्रामा समेत समस्या रहेको छ । तीन वर्षअघि उनी ठूलो आन्द्रामा देखिएको घाउ उपचारका लागि जापान पुगेका थिए।

प्रकाशित मिति: Aug 12, 2016

प्रतिक्रिया दिनुहोस्