Logo
७ बैशाख २०८१, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्लाइन र पानी समेत त्याग्दै गङ्गामाया अधिकारी आमरण अनशनमा

GangaMaya News

काठमाडौँ, २७ साउन । पछिल्लो ६ वर्षदेखि स्लाइनमा औषधि र पानीका भरमा अनशनमा बस्नुभएकी गङ्गामाया अधिकारीले आजदेखि बिनाऔषधि र पानी आमरण अनशन सुरु गरेकी छन । गत साउन २१ गते उनले पत्रकार सम्मेलन गरी सरकारलाई पाँच दिनभित्र आफ्ना मागबारे सम्बोधन गर्न आग्रह गर्दै त्यसो नभए आमरण अनशनमा बस्ने चेतावनी दिएकी थिइन ।

नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड आएलगतै उनीबाट आफूले न्याय पाउने आशा राखेको बताउँदै उनले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न पाँच दिनको समय दिएकी थिएन ।  विसं २०६१ मा गङ्गामायाका १७ वर्षीय छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेपछि छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल लगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरे पनि हालसम्म कुनै सुनुवाइ भएको छैन ।

हत्याराविरुद्ध कारबाहीको माग गर्दै छ वर्षअघि अधिकारी दम्पतीले आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै अनशन सुरु गरेको थियो ।  विसं २०७१ असोज ६ गते अनशन बसेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको मृत्यु भएको थियो । उनको  शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान गङ्गामायाको छ ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्