Logo
८ बैशाख २०८१, शनिबार
(August 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमाकंन आयोगको माईनुट मधेशी मोर्चाले जलाए

Morcha_saptari

सप्तरी २६ साउन । संख्या तथा सीमाना निर्धारण आयोगको माईनुट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता– कार्यकर्ताहरुले जलाएका छन् । सप्तरीको सदरमुकाम राजविराजस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार विहान आयोजित आयोगको छलफल कार्यक्रममा मोर्चाका कार्यकर्ताहरुले हस्तक्षेप गरी माईनुट जलाएका हुन् ।

संघीय समाजवादी फोरम नेपालका नेता शैलेन्द्र साहले प्रदेशको टुँगो नलागी सीमाना निर्धारण गर्न लागिएको भन्दै कार्यक्रम विथोलिएको बताए । नेता साहले भने,‘ अहिले प्रदेशको सीमाना निर्धारणको टुँगो लागेको छैन तर भित्रको कुरा निर्धारण हुँदैछ, यो गलत हो ।

त्यसैले हामीले विरोध गरेका हौं । विहान सवा आठ बजेतिर छलफल बैठक सुरु भएलगतै मोर्चाले आफ्नो धारणा राखेको र त्यसपछि माईनुट जलाएको छ’ भन्दै हुलाकीन्यूजले समाचार पोष्ट गरेको छ । मोर्चाको हस्तक्षेप पछि छलफल कार्यक्रम स्थगित भएको छ ।

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्