Logo
७ बैशाख २०८१, शुक्रबार
(August 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा माधव नेपालाई कालो झण्डा, नेपालले भने ‘राष्ट्रिय सरकार आवशयक’

Madhav Nepal

गौर २६ साउन । आन्दोलन रोकिए पनि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव नेपाललाई मधेशीहरुले कालो झण्डा देखाएका छन् ।  मंगलबार रौतहट पुगेपनि नेता नेपाल बुधबार मात्रै आफु निर्वाचित भएको क्षेत्र गौर पुगेका थिए । गौरमा पुगे लगतै मधेशी अगुवाहरुले नेता नेपाललाई कालो झण्डा देखाएका थिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले नेता नेपालको विरोध नगरेको भन्दै स्थानीय मधेशीहरुले कालो झण्डा देखाएका हुन् ।मधेशी मोर्चाले नेता नेपालको विरोध नगरेको भन्दै स्थानीय गौरबासीहरुले मोर्चाको पनि विरोध गरेका छन् ।

Madhav_nepal

यसैबीच पुर्व प्रधानमन्त्री एवं एमालेका नेता नेपालले देशमा स्थाई विकासका लागी राष्ट्यि सरकारको बिकल्प नरहेको बताएका छन । गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा बुधवार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले देशमा निर्माणहुने सरकारमा ठुला दल सहभागी नहुने परीपाटी देशको लागी दुर्भाग्यपुण रहेको बताएका छन ।  यसअघि ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागी नहुनु र बर्तमान सरकारमा एमाले बाहिर रहनु देश र जनता सबैको लागी राम्रो नहुने बताएका छन ।

ओली प्रधानमन्त्री हुँदा कांग्रेस सहीतको राष्ट्यि सरकार निर्माणको लागी प्रयास भईरहेको समय प्रचण्डले हतार हतारमा अबिश्वास प्रस्ताव दर्ता गराएको उनले टिप्पनी गरेका थिए । स्थानिय निकाय,र केन्द्रिय तहको निर्वाचन अपरीहार्य रहेको नेता नेपालले जिकिर गरेका थिए । हाल नगर पालिका र गाँउपालिका बिस्तार भईरहेको समय गाँउपालिकाको अवधारणा गलत रहेको टिप्पनी गरेका थिए ।

बिना पुर्वाधार नगरपालिकाले जनता र विकासलाई टाढा गर्नेभएका ले देशमा नौसय ईलाका र चारहजार गाविसको संख्या घटाई करीव डेढहजार गाँउपालिका बनाउनुपर्ने उनले सुझाव दिएका थिए । त्यसैगरी भारत र चिनमा मात्र चार चारवटा महा नगरपालिका रहेकाले नेपालको शक्ती र क्षमता अनुसार एउटै महा नगरपालिका उपयुक्त रहेको बिचार राखेका थिए ।

शेवा केन्द्र बिस्तारको समय गौर नगरपालिकाको सभाकक्षमा मोर्चाका कार्यकर्ता संग भएको झडप पछी पहिलो पटक आफना निर्वाचन क्षेत्र गौरमा मंगलवार पहिलो पटक आएका नेता नेपाल बुधवार क्षेत्रको बिभिन्न गाबिसमा स्थलगत भ्रमण गरी संसदिय कोषबाट भएको विकासको अवलोकन गरेका थिए ।

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्