Logo
७ बैशाख २०८१, शुक्रबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड र देउवाले भाउ नदिएपछि महन्थसँग गच्छदारको हारगुहार !

Vijay Kumar

काठमाण्डौ । बर्तमान सत्ता समिकरणका दुई प्रमुख नायकहरु क्रमस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काग्रेस सभापति शेरबहादुर देउवाले भाउ नदिएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष बिजायकुमार गच्छदार तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग हारगुहार गरिरहेको खबर सार्वजानिक भएको छ ।

प्रचण्डले आफूलाई सरकारमा नलगेपछि वियोगको पीडामा छटपटाएका गच्छदारले तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई तारन्तार टेलिफोन गरेको अनलाईन खबरले समाचार पोष्ट गरेको छ तर, महन्थले गच्छदारको फोन रिसिभै नगरेको समाचारमा उल्लेख गरिएको छ ।  म तपाईलाई भेट्न चाहन्छु भन्ने गच्छदारको आग्रहलाई बेवास्ता गर्दै ठाकुरले सहयोगीमार्फत जवाफ दिए कि म बिमारी छु, अहिले तपाईसँग भेट गर्न सक्दिँन ।

स्रोत भन्छ -गच्छदारसग पार्टीगत सम्बन्ध बनाउन खासै कुनै मधेशवादी दलहरु इच्छुक छैन । न तमलोपा तयार छ, न त उनको मातृपार्टी नेपाली कांग्रेस नै । श्रोत भन्छन गच्छदार मधेसमा र पहाडमा समेत यति बदनाम भइसकेका छन् कि अब उनको हालत बद्री मण्डलको जस्तै दयनीय बन्ने स्थितिमा पुगेको छ ।

मधेस आन्दोलनका क्रममा सप्तरीलगायतका जिल्लाहरुबाट गच्छदारको पार्टीका धेरै नेता कार्यकर्ताहरु राजेन्द्र महतोको सदभावना पार्टीतिर लागिसकेका छन् । सत्तामुखी एवं मुसा प्रवृत्तिका कारण मधेसी समुदायमा गच्छदारमाथि जनताको विश्वास टुटेको छ । सरकारमा पनि नरहने र जनताबाट पनि तिरस्कृत हुने निरीह अवस्थामा पुगेका छन् गच्छदार ।

जतिखेर मधेसमा आन्दोलन चलिरहेको थियो, त्यसबेला गच्छदार केपी ओलीको नेतृत्वमा सरकारमा गए । यदि उनले अन्तिम घडीमा मुसा प्रवृत्ति नदेखाएको भए भविश्यमा उनलाई एमालेले विश्वास गर्ने सम्भावना रहन्थ्यो र भावी दिनमा सरकारमा जाने बाटो बाँकी रहने थियो । तर, अन्तिम घडीमा उनले केपी ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेर एमालेबाट पनि विश्वास गुमाए ।

अब गच्छदार धागो छिनेको चंगाजस्तै बनेका छन् । उनलाई सत्तापक्ष, प्रतिपक्ष कसैले पनि नपत्याउने अवस्था आएको छ । मधेसमा पनि उनको जनाधार कमजोर भएको छ । एकताका मोरङका मधेसवादी नेता बद्री मण्डल सत्तामा चहल(पहल गर्ने नेता मानिन्थे । तर, विस्तारै उनी चुनाव हार्ने स्थितिमा पुगे । अब गच्छदारको नियति पनि त्यस्तै हुन पुगेको छ ।

यद्यपि गच्छदार थारु समुदायको नेता भएकाले गोपाल दहित वा रुक्मिणी चौधरीले जस्तै सानो पार्टीको नेता बनेर बस्ने सम्भावना उनीसँग अझै पनि नसकिएको तर्क केही मधेसी नेताले गर्दै आएका छन् ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्