Logo
६ बैशाख २०८१, बिहीबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको दक्षिणी क्षेत्रलाई लक्षित गर्दै हरिनगरामा ईलाका प्रशासन 

harinagara

सुनसरी २४ साउन । सुनसरीको दक्षिणी क्षेत्रलाई लक्षित गर्दै हरिनगरामा ईलाका प्रशासन कार्यालय खुलेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले एक दलित किशोरीलाई नागरिकता वितरण गरी कार्यालयको उद्घाटन गरेका छन् ।  सो कार्यालयले दक्षिणी १४ वटा गाविसलाई सेवा प्रवाह गर्ने छ ।

कार्यक्रममा आफ्नै घर आँगनमा सेवा पाएको भन्दै स्थानीय राजनीतिकर्मीले खुसी व्यक्त गरे । कार्यालयमा १ जना शाखा अधिकृत, ३ जना नासु, १ जना सहायक कम्प्युटर अपरेटर, १ जना सहलेखापाल र २ कार्यालय सहयोगीको दरवन्दी छ । यसअघि सुनसरीको धरानमा ईलाका प्रशासन रहेकोमा हरिनगरामा जिल्लाको दोस्रो ईलाका प्रशासन खुलेको हो ।

गृह मन्त्रालय भएको निर्णय अनुसार नागरिकता, राहदानी सिफारिस, ठाडो उजुरी लगायत जिल्ला प्रशासन कार्यालयबाट हुने काम ईलाकास्तरबाट नै लिन सकिने छ । नजिकबाट सरकारी सेवा लिन सकोयोस भन्ने् ध्येय राखी कार्यालय खोलिएको शाखा अधिकृत गिरिराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्