Logo
१५ चैत्र २०८०, बिहीबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरातिय वालिका अपहरणमा सुनसरीको कप्तानगंञ्ज र मोरङको पथरी कनेक्सन !

SAMSUNG CAMERA PICTURES

कुमोद अधिकारी, विराटनगर, २४ साउन । भारतको बिहार प्रदेश स्थित कटिहारबाट अपहरणमा परेकी एक वालीकालाई नेपाल प्रहरीले मोरङको पथरीबाट सोमवार सकुशल मुक्त गरेको छ । कटिहार स्थित एनबिआर स्कूलमा केजीमा पढ्दै गरेकी कटिहार कुर्सिलाका भानु अग्रवालकी छोरी ६ बर्षीया स्पर्श अग्रवाललाई नेपाल प्रहरीको केन्द्रिय र पूर्व क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले पथरीबाट सकुशल अपहरण मुक्त गराएको हो ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा सोमवार साँझ पत्रकार सम्मेलन गरि उक्त घटनाको जानकारी दिंदै प्रहरी नायव महानिरिक्षक केशरीराज घिमिरेले अपहरण गर्ने सुनसरी इनरुवा नगरपालीका –५ का ४४ वर्षीय दिनेश गुप्तालाई पक्राउ गरेको जानकारी दिए । स्कुलबाट घर फर्किंने क्रममा गएको बुधवार अपहरणमा परेकी वालीकालाई बिहारबाट नेपाल ल्याएको आशंकापछि अनुसन्धान ब्युरोको टोली परिचालन गरि पथरी शनिश्चरे नगरपालीकाको पथरी बजार स्थित रिता साहको घरबाट सकुशल मुक्त गरेको नायव महानिरिक्षक घिमिरेले बताए ।

पक्राउ परेका गुप्ताको साथबाट एक थान ल्यापटप र चार वटा मोवाइलको सिमकार्ड बरामद भएको जनाइएको छ । मावली घर सुनसरीको इटहरी रहेकी वालीकालाई अपहरणकारीले गाडीमा राखेर सुनसरीको कप्तानगंञ्जको बाटो गरेर नेपाल भित्र्याएको र उक्त जानकारी नेपाल प्रहरीले पाएको १८ घण्टापछि प्रहरी टोलीले उनलाई मुक्त गर्न सफल भएको नायव महानिरिक्षक घिमिरेले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानले पैसाको लागि बालिकालाई अपहरण गरेको र चार जनाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

…………………

गत बिहीबार भारतको बिहारबाट अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी ४ वर्षीया बालिका स्पर्श अग्रवालको नेपाल प्रहरीले उद्धार गरेको हो । बालिकालाई अपहरण गरेर नेपाल ल्याएको खबर पाएलगत्तै क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले अनुसन्धान सुरु गरेको थियो । सिआइबी र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले चार दिन पछि ति बालिकालाई सकुशल अपहरणमुक्त गराएको हो । बिहारको कटिहारस्थित एनबिआर स्कुलमा केजीमा अध्ययनरत ति बालिका बिहारमा पेट्रोलपम्प सञ्चालन गर्दै आएका भानु अग्रवालकी छोरी हुन् ।

पेट्रोल पम्प सञ्चालक भानुकै ड्राइभर मिथुन पासवानले बालिकाको अपहरण गरेको खुलेको छ । उनलाई साथ दिने विराटनगरका दिनेश गुप्ता र अर्का एक ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको परिवारसँग अपहरणकारीले एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । तर नेपाल प्रहरीको सक्रियताका कारण फिरौती बुझाउनु परेन र बालिकाको सकुशल उद्धार भएको छ । अपहरणका मुख्य योजनाकार मिथुन पासवानले बालिकालाई नम्बर प्लेट नखुलेको मोटरसाइकलमा राखेर नेपाल ल्याएका थिए । विराटनगरको भण्टाबारीमा राखेका अपहरणकारीले भोलिपल्ट त्यहाँबाट भेडेटारस्थित एक होटलमा राखेको अनुसन्धानबाट खुलेको छ । सिआइबीले उपलब्ध गराएको सूचनाको आधारमा दिनेश गुप्ता पक्राउ परेपछि बालिका राखिएको ठाउँ पत्ता लागेको सिआइबीका डिआइजी नवराज सिलवालले बताए ।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्