Logo
६ बैशाख २०८१, बिहीबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुष्पकमल जुन दिन “प्रचण्ड” हुन्छन्, त्यही दिन सबै समस्या समाधान हुन्छ

Laxmanlal karan

काठमाडौं, २४ साउन । सदभावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए देशको सबै समस्या समाधान हुने दाबी गरेका छन् । उनले भने, ‘पुष्पकमल दाहाल जुन दिन प्रचण्ड बन्नुहुन्छ । देशको सबै समस्या समाधान हुन्छ । आज देशलाई प्रचण्डको आवश्यकता छ ।’

नवनिर्वाचित प्रधानमन्त्रीलाई संसदमा बधाइ तथा शुभकामना दिने क्रममा मधेसी मोर्चाका नेता कर्णले प्रचण्ड र आफहरुको माग मिल्दो-जुल्दो रहेकाले विश्वास गरेको बताए । आफूहरुले केपी ओली सरकारलाई नौ महिनासम्म भन्दा नसुनेको माग प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा बस्नासाथ कार्यान्वयन नभएको बताए ।

मधेसी मोर्चाका नेता कर्णले कांग्रेस र एमाले पार्टीमाथि पनि आफ्नो विश्वास रहेको बताए । अब संविधान संशोधन प्रस्ताव ल्याउनु पर्ने भन्दै उनले भने, ‘यसमा एमालेले पनि साथ दिन्छ भन्ने विश्वास छ । दिएन भने सबै जनताले हेर्नेछन् ।’

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्