Logo
७ बैशाख २०८१, शुक्रबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाचार प्रति कांग्रेसका प्रभावशाली नेता खड्काको आपत्ती

khum
काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नी पत्नीलाई जसरी पनि मन्त्री बनाउन प्रस्ताव राखेको समाचार प्रति गम्भिर आपत्ती जनाएका छन् ।

लामो समय देखि नेपाली कांग्रेस भित्र लोकप्रियता बटुल्दै आएका कांग्रेसका प्रभावशाली नेता खड्कालाई जोडेर केहि अनलाइनले मन गडन्ते समाचार प्रकाशित गरेकोमा गम्भिर आपत्ती जनाएका हुन् ।

स्वास्थ्य उपचारका क्रममा ४ दिन देखि भारतमा रहेका प्रभावशाली नेता खड्काले एनभिएम ग्रुपसगँ कुरा गर्दै भने म पदको लागि लोभी मान्छे होइन् , मैले श्रीमतीलाई मन्त्रालय चाहियो भनेर कसैसगँ भनेको छैन् ।

बरु म सगँ निकट रहेका केन्द्रिय नेताहरु र सभासद मध्येका साथीहरु समेटियोस् भन्ने कुरा शभापति शेरबहादुर देउवासगँ भएको हो । तर यस्ता हावादारी समाचारमा कुनै सत्यता नभएको प्रष्ट पार्न चाहान्छु उनले भनेका छन् ।

गत १३ औं महाधिबेशनमा देउवा र म बिच केहि साक्षी सहित भएका सहमती कार्यनयन होस् भन्ने मेरो भनाई हो । तर पारिवारिक लाभ लालच मैले राखेको छैन् प्रभावशाली नेता खड्काले भने ।

खड्काले तत्कालिन संबिधान सभाको निर्वाचनमा आफ्ना नेता कार्यकर्तालाइृ पन्छाएको भन्दै श्रीमती शिला शर्मा खड्कालाई दिएको प्रत्यक्ष निवार्चनको टिकट समेत बहिस्कार गरेका थिए ।

त्यस्तो अवस्थालाई नजर अन्दाज गर्दै पार्टीभित्र निकै ठूलो कसरत गरेर समानूपातिक कोटाबाट सांसद बनाउन सफल भएका भन्ने कपोकल्पीत समाचार समेत प्रकाशित गरिएकोमा खड्काले दुख ब्यक्त गरेका छन ।

नेपाली कांग्रेस भित्र प्रभावशाली नेतृत्वकर्ताका रुपमा चिनिएका प्रभावशाली नेता खड्का नेपाललाई हिन्दु राष्ट्र कायम गराउन सक्रियरुपमा लाग्दै आउनु भएको छ ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्