Logo
१५ चैत्र २०८०, बिहीबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशको मागबारे कांग्रेस-माओवादी र मधेसी मोर्चासँग छलफल 

congress-mao-madheshi

काठमाडौं, १५ साउन । सरकार गठनका विषयमा कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चासँग छलफल गर्ने भएका छन् । भोलिसम्म सहमतिय सरकारको समय सीमा भएपनि बहुमतिय सरकार गठन निश्चित भएकाले माओवादी कांग्रेस मधेसी मोर्चासँग नयाँ सरकार बारे छलफल गर्न लागेका हुन् ।

आज हुने छलफलमा मोर्चाले उठाएका मागको सम्वोधन, सरकार गठन मन्त्रालयको जिम्मेवारीका विषयमा छलफल हुनेछ । आज न्यूनतम साझा कार्यक्रम तयार गर्न गठन भएको दुई दलको कार्यदलले छलफल गर्नेछ । छलफल बिहान साढे १० बजे सिंहदरबारमा हुनेछ ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाले आफ्ना माग अगाडी सारिसकेकाले आज कांग्रेस माओवादीसँग त्यही विषयमा छलफल हुने बताए । मोर्चाले आफ्ना माग सम्वोधनको ग्यारेन्टी भए मात्रै सरकारमा जाने निस्कर्ष निकाली सकेको छ ।

अध्यक्ष महतोले उहाँहरुले नै छलफलमा बोलाएको र मोर्चाका मागबारे दुईदलको धारणा जान्न आफुहरु छलफलमा जान लागेको बताए । यसअघि पनि मधेसी मोर्चाका नेताहरूसँग कांग्रेस र माओवादीले लामो छलफल गरेका थिए ।

सिमांकनलगायत विषयमा कांग्रेस र माओवादीबीच साझा धारणा बनाउने र संविधान संशोधनसँग नजोडिएका अन्य विषयलाई तत्काल मन्त्रिपरिषद बैठकले सम्बोधन गर्ने विषयमा दुई दल र मोर्चाबीच यसअघि पनि छलफल भएको थियो ।

कांग्रेस र माओवादीका धारणाप्रति मोर्चाका नेताहरू सकारात्मक पनि भए मोर्चाका नेताहरू तत्काल सरकारमा नजाने टुंगोमा पुगेका छन् ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्