Logo
१५ चैत्र २०८०, बिहीबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिलाठी घटनाको विरोधमा अखिल क्रान्तिकारीको प्रर्दशन 

student-procttion-

काठमाडौं १५  साउन  । सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा भारतीय पक्षले नेपालतिर ठूलो धनजनको क्षति हुने गरी अन्तर्राष्ट्रिय कानुन र प्रचलन विपरीत बाँध बनाएको घटनाको विरोधमा अखिल(क्रान्तिकारी)ले आज प्रदर्शन गरेको छ ।

यस अघि सो संगठनले हिजो मात्र बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सहयोगार्थ रु एक लाख ११ हजार १११ राशिको राहत कोष खडा गरेको थियो ।  विहान माइतीघर मण्डलामा संगठनले विरोध प्रर्दशन गरेको हो ।

नेकपा (माओवादी केन्द्र) सम्बद्ध सो सङ्गठनले आफ्ना सदस्यको लेवी र सहयोगबाट रकम जुटाएको संयोजक नरेन्द्र न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्