Logo
७ बैशाख २०८१, शुक्रबार
(July 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी युवाहरुको ‘स्वराज फाउण्डेशन’ ले राहत संकलन गर्दै

Badhi

काठमाडौं । तराई–मधेश लगायत देशको पहाडी क्षेत्रमा समेत ‘कोहराम’ मच्चाएको बाढीबाट पिडित बनेका हरुकालागि स्वराज फाउण्डेशन राहत संकलन कार्य सुरु गरेको छ ।

बिहीबारबाट राहत संकलन थालेको फाउण्डेशनले पहिलो दिनमै एक लाख ५ हजार संकलन गरेको फाउण्डेशनका बिकी यादवले बताए ।यादवका अनुसार शनिबारसम्म करिब दश लाख रुपैया संकलन हुने अनुमान गरिएको छ ।

फाउण्डेशनका सन्तोष लाभले संकलन भएको रकम पहिलो चरणमा सप्तरीका बाढी पीडितलाई राहत सामाग्रीका रुपमा वितरण गरिने बताए । लाभका अनुसार सप्तरी पछि अन्य बाढी प्रभावित क्षेत्रको अध्ययन गरेर राहत वितरण गरिनेछ ।

राहत संकलनको संयोजन गरिरहेका कासिन्द्र यादवका अनुसार स्वराज फाउण्डेशनले बाढीपहिरो अथवा मधेशमा हुने आगलागीको समयका राहत वितरणका लागि ‘स्वराज फाउण्डेशन सहयोग कोष’ स्थापना गरिएको बताए । उनले यस सहयोग कोषले अन्य विपदका बेला पनि सहयोग गर्ने जानकारी दिए ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्