Logo
८ बैशाख २०८१, शनिबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहाका ‘जीवा डकैती’ काण्डका डाका पक्राउ

Jiwa Dakaiti_

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ जिवामा भएको चर्चित ‘जीवा डकैती’ मा संलग्नता रहेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सलार्ही नेत्रगंज १ पुर्नवास टोलका शत्रुधन पासमानलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

उनी प्रहरीको फरार सूचीमा थिए । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालको गाउँ रहेको जीवामा गत जेठ २ गते राती डकैती भएको थियो । प्रहरीको लागि टाउको दुखाई बनेको उक्त डकैतीमा राजाराम यादव, रामेश्वर यादव र प्रकास तिवारी लगायतको घरबाट सुन र चाँदीका गर–गहनाहरु, मोबाइल, ल्यापटप र ६८ हजार नगद गरी ४ लाख ३१ हजार बराबरको डकैती भएको थियो ।

रहस्यम बन्दै गएको जीवा डकैतीमा संलग्नलाई खोज्न अनुसंधान सुरु गरेको प्रहरी दुई हप्ता अलमलमा परेको थियो । प्रहरीको केन्द्रिय अनुसंधान ब्यूरो(सिआईबी), क्षेत्रिय अनुसंधान टोली विराटनगर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी टोली ‘जीवा डकैती’को छिनोफानो गर्न अनुसंधानमा खटेका थिए ।

घटनाको अनुसंधानमा विभिन्न उपायहरु लगाएको प्रहरीले दुई सातापछि मात्रै घटनामा संलग्नता भएकाहरुको पहिचान गर्न भ्याएका थिए ।  आईजीपी अर्यालयको गाउँ भएकोले पनि राष्ट्रिय रुपमै चर्चा र अनुसंधानमा प्रहरीलाई तिव्र दबाब भएको थियो । पासमानलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक श्याम चौधरीले जानकारी दिए ।

प्रहरीको विभिन्न प्राविधिक अनुसंधानबाट पासमानको जीवा डकैती घटनामा संलग्नता खुलेको भन्दै नायव उपरीक्षक चौधरीले भने, ‘थप अनुसंधान भईरहेको छ । अझैं कतिपय कुरा प्रष्ट हुन बाँकी छ ।’

डकैती पीडितहरुले डकैती घटनामा ‘स्थानीयको हात’ हुन सक्ने भन्दै सार्वजनिक गर्न माग गर्दै प्रहरी प्रति असन्तुष्टि प्रकट गरेका छन् । उक्त घटनामा एक भारतीय सहित चार जना पक्राउ परेपछि प्रहरीले डकैतीवारे पत्रकारवीचमा सार्वजनिक गरेको थियो । @पत्रकार सुरेन्द्रकुमार कामतिको सहयोगमा

Jiwa Dakaiti_

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्