Logo
१५ चैत्र २०८०, बिहीबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप त्रास: भारतीय पक्षले दशगजा क्षेत्रमा जबर्जस्ती बाँध बनाउदै

Baddi-News-1

सप्तरी । भारतीय प्रशासनले जबर्जस्ती बाँध बनाउन थालेपछि सप्तरीको दक्षिण सीमावर्ती गाविस तिलाठी नजिकै रहेको दशगजा क्षेत्रमा तनाब उत्पन्न भएको छ।

नेपालतर्फका स्थानीय भने बाँध निर्माणको विरोध गर्न थालेपछि सो क्षेत्रमा तनाव बढेको हो। यस सन्दर्भमा सप्तरी प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

सन् १९७१ देखिनै भारतीय पक्षले खाँडो नदीको प्राकृतिक बहाबाई थुन्नेगरी दशगजा क्षेत्रमा बाँधलगायत भौतिक कार्य थालेको छ। सो क्षेत्रमा बाँध निर्माण हुन थालेपछि यस क्षेत्रका आधा दर्जन गाविस डुबानको त्रासमा छन्।

अघिल्लो शनिबार खाँडो नदीमा आएको बाढीमा दक्षिणी क्षेत्रका तिलाठी, सकरपुरा, रम्पुरा मल्हनीयासहितका गाविस डुबानका पर्नुका साथै उक्त बाढीले दशजगा क्षेत्रमा भारतीय पक्षले दशकौं अघि निर्माण गरेको विवादित बाँधसमेत कटान गरेको थियो ।

उक्त बाँध पुन निर्माणका लागि भारतीयले शनिबारदेखि नै पहल थालेपनि सप्तरी प्रशासनको प्रतिरोधका कारण निर्माण कार्य रोकिएको थियो। बिहीबार विहानैदेखि भारतीय प्रहरी, सीमा सुरक्षा बल ९एसएसबी० र स्थानीय बासिन्दा ठूलो संख्यामा परिचालित भइ बाँध निर्माण कार्यमा जुटेका छन् ।

यता सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालले उक्त बाँधबारे भारतीय पक्षसँग तीनदिन अगाडि नै छलफल भएको र छलफलका क्रममा भारतीय पक्षले तत्काल कुनै पनि विवादित क्षेत्रमा कुनै पनि निर्माण कार्य नथालिने सहमति भारतीय पक्षले गरेको एसपी ढकालले बताए।

करिब पाँच वर्ष अगाडिदेखि थुनिएर रहेको खाँडो नदीले मुहानलाई च्यानल खनेर दशगजा हुँदै भारततर्फ बहाब फर्काएपछिमात्रै उक्त बाँध बनाउने प्रतिबद्धता भारतीय पक्षले गरेको एसपी ढकालले जनाए ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्