Logo
१५ चैत्र २०८०, बिहीबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूर्यकुमार क्षेत्री अन्तरमिडिया कपको उपाधि इमेज च्यानललाई

Media News

काठमाडौं  । पत्रकार सूर्यकुमार क्षेत्री प्रथम अन्तर मिडिया राष्ट्रिय फूटवल कपको उपाधि इमेज च्यानलले जितेको छ । ललितपुरको भैंसेपाटीमा बुधवार दिउँसो भएको फाइनल भिडन्तमा नेपाल टेलिभिजनलाई ६–४ गोल अन्तरले पराजित गर्दै इमेज च्यानलले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसँगै इमेज च्यानलले नगद २५ हजार रुपैयाँ हात पार्यो । उपविजेता बनेको नेपाल टेलिभिजनले पुरस्कार स्वरुप पाएको १५ हजार रुपैयाँ भने स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको छोराको शिक्षाका लागि हस्तान्तरण गरेको थियो।

यस्तै नेपाल वान टेलिभिजन र फोटो पत्रकार क्लबले सहमतिमै खेल नखेली तेस्रो स्थानमा बसेर पुरस्कार वापतको १० हजार रुपैयाँ क्षेत्रीका परिवारलाई हस्तान्तरण गरेका छन्। आपसी सहमतिमा पीजे क्लबले ट्रफि र नेपाल वान टेलिभिजनले मेडल तथा प्रमाणपत्र थापे।

यस्तै मिडिया कप फुटसलको आयोजक गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक केशव थापाले पत्रकार क्षेत्रीको छोराको शिक्षाका लागि धर्मपत्नीलाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । साउन १० देखि १२ गतेसम्म ललितपुरको भैंसेपाटीस्थित गोल पोष्ट स्पोट्स एण्ड ट्रेनिङ सेन्टरमा चलेको प्रतियोगितामा १३ टोली सहभागी थिए।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्