Logo
६ बैशाख २०८१, बिहीबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, मुस्लिम र सत्ताको सम्बन्धः को–को बन्दैछन अव मन्त्री ?

Zakihr-Husin

काठमाडौं । पञ्चायती कालमा डा.मोहसिन पटक पटक मन्त्री भए । नेपाली काँग्रेसले शेख इद्रीसलाई सिनियर मन्त्री बनाइयो । पछि आफताब आलम पटकपटक मन्त्री बने । फर्मुल्ला मन्शुर पनि मन्त्री भए । एमालेले सलिम मियाँ अन्सारीलाई मन्त्री बनायो । पछि यिनलाई शाही सरकारमा राजा ज्ञानेन्द्रले पनि मन्त्री बनायो । एमालेले रिजवान अन्सारीलाई राज्य मन्त्री बनायो ।

माओवादीले केही समयका लागि हकीकुल्लाह खानलाई राज्य मन्त्री बनायो । मधेशवादी दलहरूले वकिल मुसलमान, इस्तियाक राई, अकबाल शाहलाई मन्त्री बनाए । त्यस्तै करिमा बेगम र मोहम्मद मुस्ताक रजालाई राज्य मन्त्री बनाए ।

प्रचण्डको नेतृत्वमा काँग्रेस–माओवादीको सरकार बन्ने तयारीमा छ । अरू साना दलहरू पनि सरकारमा सामेल हुँदैछन् । प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री हुँदैछन् । उनको पार्टीबाट बाबुराम भट्टराई प्रधानमन्त्री भए । गिरिजाप्रसाद कोइला नेतृत्वको अन्तरिम सरकारमा माओवादी सत्ता साझेदार रह्यो । माधव नेपाल, झलनाथ खनाल र केपी ओली नेतृत्वको सरकारमा पनि माओवादी म्रमुख सत्ता साझेदार रहँदै आयो । यसरी यो १० वर्षको अवधिमा माओवादी सातौंपटक सरकारमा जाँदैछ ।

यसपटक प्रचण्ड आफैं सरकारको नेतृत्व गर्दैछन् । यस सरकारमा काँग्रेस र माओवादीले मुस्लिमबाट कसलाई मन्त्री बनाउँछन् भन्ने कुरामा मुस्लिमहरूले निकै चासो लिएका छन् । ओली नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकारमा न एमालेले कुनै मुस्लिमलाई मन्त्री बनायो न माओवादीले । त्यस बेला एमालेबाट जुनैद अन्सारी र माओवादीबाट जाकिर हुसैनको नाम निकै चर्चामा थियो ।

यति बेला काँग्रेसबाट फर्मुल्लाह मन्सुरको नाम निकै चर्चामा छ । यिनी काँग्रेसका प्रभावशाली र सिनियर नेता हुन् । यिनी काँग्रेसको गत महाधिवेशनमा कोइराला खेमा छोडेर देउवा खेमामा जोडिन पुगे । यिनका साथै अर्का प्रत्यक्ष निर्वा्चित सांसद अब्दुल रज्जाक गद्दी पनि मन्त्रीका दावेदार छन् । यिनी पहिलेबाटै देउवा खेमामा थिए । काँग्रेसका यी दुईबाहेक अतहर कमाल मुसलमान, मोख्तार अहमद, कौसर शाह, अब्दुल हमिद सिद्दिकी र सरवत आरा खानम हलुवाइनलगायत सात मुस्लिम संसद छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा मुस्लिम वृत्तबाट सरकारमा जाने मोहम्मद जाकिर हुसैनको नाम निकै चर्चामा रहेको छ । यिनी पत्रकारिता पृष्ठभूमि भएकोे बौध्दिक सशक्त युवा सांसद हुन् । मुस्लिम आन्दोलनको प्रमुख नेताको रूपमा यिनी देशभित्र र देशबाहिर पनि चर्चित र लोकप्रिय रहेका छन् । यिनी मधेश मुद्दा र आन्दोलनमा समेत प्रष्ट छन् । २०४३ देखिको राजनीतिक लगानी रहेको हुसैनलाई आम मुस्लिम समुदायले हुसैनलाई मन्त्रीमण्डलमा गएको खण्डमा लगनशिलताका साथ काम गर्ने बताएका अपेक्षा गरेका छन् ।

केपी ओली सरकारमा दलित, थारू र मुस्लिमले माओवादीबाट स्थान पाएका थिएनन् । यसपटक यी तीन समुदायले पहिलो प्राथमिकता पाउनु पर्ने मुस्लिम अगुवाहरु बताउँछन् । यस आधारमा यिनी मन्त्री बन्ने सम्भावना बढी देखिन्छ । हुसैनका अतिरिक्त माओवादीमा उषा किरण अन्सारी पनि सांसद छिन् ।  अर्कना खातुनको वाइलाइनमा हुलाकी न्यूजमा समाचार छ ।

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्