Logo
१३ बैशाख २०८१, बिहीबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाज कल्याणमन्त्री मैनालीद्वारा ठाडो आदेशमा गुप्ताको पदमुक्त !

Nitesh_gupta

काठमाडौं ११ साउन । राष्ट्रिय अपाङ्ग कोषका सभापति नितेश कुमार गुप्तालाई महिला बालवालिका तथा समाज कल्याणका मन्त्री सीपी मैनालीले हटाएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कोषका सभापति गुप्ताले आफूलाई अपाङ्ग भएकै कारण सरकारको तर्फबाट अन्याय गरिएको भन्दै त्यसको विरुद्धमा अदालत जाने जानकारी दिएका हुन् ।

सभापति गुप्ताले आफूलाई गैरसंवैधानिक तरिकाले पदबाट हटाईएको भन्दै आफूमाथि भएको अन्यायविरुद्ध न्यायका लागि सर्वोच्च अदालतमा जाने चेतावनी दिएका छन् । उनले थपे,‘यो अपाङ्गता भएका व्यतिmलाई हेप्ने र अपमान काम भएकोे छ, राजनैतिक दलहरुले समेत कुनै नीतिगत निर्णय नगर्न आधिकारीक जानकारी गराउँदापनि जर्वजस्ती रुपमा यस्ता किसिम गतिविधी तत्काल रोक्न सम्बन्धित निकायहरुमा सूचना प्रवाह गरी सहयोग गरिदिन अनुरोध गर्दछु ।’

उनले आफूलाई कोषको सभापति पदबाट हटाउनकै लागि कोष स्थापना र सञ्चालन (कार्य व्यवस्था) नियमावली २०५५ (चौथो संशोधन २०७२ सहित)को एक मात्र बुुदाको दफा ऐनलाई संशोधन गरिएको समेत आरोप लगाए । उनका अनुसार त्यस नियमावलीमा रहेको नियम ६ को उपनियम ६ खण्ड (ङ) बमोजिम कोषको सम्पति हिनामिना गरेको अभियोग लगाई समितिको निर्णयबाट अदालतमा मुद्दा दायर भएमा भन्ने प्रावधनलाई हटाई बदनियतपूर्ण तरिकाले व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि संशोधन गरिएको छ ।

आफूलाई तत्कालिन महिला बालवालिका तथा समाज कल्याणका मन्त्री निलम केसी खड्काले सभापति पदमा नियुक्त गरेको उनले जानकारी दिए । आफ्नो कार्यकाल १ वर्ष ९ महिना बाँकी रहेकोमा कार्यकाल नसँकिदै मन्त्री मैनाली र समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्ट तथा समाज कल्याण परिषद्का निर्देशक प्रहलाद पन्तले नेपालको शासनसत्ता, बिधि र शासनको चरम दुरुपयोग गरि सुनयोजित तरिकाले षड्यन्त्र गरि पदबाट हटाउने र आफना आसेपासेलाई त्यस ठाउँमा भर्ना गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्