Logo
१३ बैशाख २०८१, बिहीबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रको पार्टी दस्तावेजमा राजेन्द्रको आलोचना !

rajendra-mahato-upendra-yadav
काठमाडौं । उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल अझै राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीप्रति कठोर देखिएको छ । दुई दिनसम्म चलेको फोरम नेपालको केन्द्रीय समितिको बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा राजेन्द्र महतोप्रति कडा टिप्पणी गरिएको छ ।

आन्दोलन सफल नभएसम्म काठमाडौ नजाने पार्टीबाट निर्णय गराएका महतो नाकाबन्दी चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेपछि आन्दोलन छाडेर काठमाडौंको एयरपोर्टबाटै बालुवाटार छिरेको,’ प्रतिवेदनमा उल्लेख छ । समयक्रमसँगै आन्दोलनको स्वरुप परिवर्तन कुरा थियो तर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्णय हुनु पूर्वनै आन्दोलनहरु फिर्ता भएको कुरा बाहिर ल्याएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘त्यसको कारणले आइन्दा यस्तो नगर्नु भनि सचेत गराईयो तर अझै राजेन्द्र महतो सचेत भएको देखिएको छैन ।’

फोरम नेपालको दुई दिनसम्म चलेको बैठकले यस्तो निर्णय गरेको हो । एक जिल्लामा पाँचजना पूर्णकालिन कार्यकर्ता प्रावधान ल्याउन लागेका छन् । जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज तथा थप तीनजना गरि पाँचजना तथा प्रदेश इन्चार्ज गरी तीनजना पूर्णकालिन कार्यकर्ता राख्ने निर्णय भएको छ । पूर्णकालिन कार्यकर्ताका लागि पार्टीले दैनिक गुजाराको व्यवस्था गर्ने तर के कति गर्ने विषय अझै टुगों नलागेको पार्टीका एक जना नेताले बताए ।

‘पूर्णकालिन कार्यकर्ता बनाउने निर्णय भइसकेको छ, र त्यसको व्यवस्थान कसरी गर्ने विषयमा नीति नै बनाएर टुगों लगाउने पनि छलफल भएको पार्टी स्रोतले जनाएको छ । हुनतः पार्टीमा शुरुदेखि नै पूर्णकालिन कार्यकताहरु छन्, तर त्यसको उचित व्यवस्थापन भएको थिएन, अब नीति नै बनाएर पूर्णकालिन कार्यकर्ताको व्यवस्था गर्न लागिएको बताइएको छ ।

साथै पार्टीका नेता तथा कार्यकर्ताले कहीँ कुनै कार्यक्रम तथा अरुको कार्यक्षेत्रमा जाँदा पार्टीलाई जानकारी गराएर जानुपर्ने पनि पार्टीले निर्देशन दिएको छ । एउटा क्षेत्रका नेता अर्काको कार्यक्षेत्रमा गएर हस्तक्षेप गरि कार्य गरेको कारण कतिपय ठाउँमा विवाद उत्पन्न भएको कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताइएको छ ।  केन्द्रीय समितिको बैठक हिजो सकिएको छ । केन्द्रीय समितिले गरेका निर्णयहरुलाई भोली बस्ने केन्द्रीय परिषद्को बैठकले पारित गर्ने बताइएको छ । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्