Logo
८ बैशाख २०८१, शनिबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमै उपेन्द्रले भने–मुसाहरु भागिसके, अब राजीनामा दिँदा राम्रो !

Upendra-Yadav-450x300काठमाडौं ९ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीको आज अन्तिम दिन भएको भन्दै पदमुक्त हुनुभन्दा अघि नै राजीनामा दिँदा राम्रो हुने सुझाव दिएका छन् । ओली सरकारलाई दिएको समर्थन अन्तिम समयमा केही पार्टीले फिर्ता लिएको प्रति संकेत गर्दै आइतबार संसदमा यादवले भने, ‘सरकारको आज अन्तिम दिन हो । मुसाहरु भागिसकेका छन् । अव ओलीले राजीनामा दिदा राम्रो हुन्छ । उहाँको भलाईका लागि यो कुरा भनिरहेको छु ।’

उनले थपे– –सरकारको जहाज डुब्न थाल्यो । गठबन्धनमा रहेकाले प्वाल पारे । आफ्नै पार्टीका नेताले प्वाल पार्ने काम भयो । मुसाहरु हाम फाल्न थालेका छन् । मुसा भनेको यस्तै हुन्छ । मुसाहरुको फौज तयार गरेर नयाँ सरकारले पनि केही गर्नेवाला छैन । यसमा सर्तक रहनु होला ।’ उनले संविधान बनाउँदा केहि व्यक्तिहरुले जबरजस्ती गरेकाले आफूहरुले आन्दोलन गर्नु परेको बताए । उनले ओली सरकार संकटमा परेको र अब नयाँ सरकारको खेल सुरु भइरहेको प्रति व्यंग्य गर्दै भने – सेता कुर्सी भरिए भनेर खुसी मनाउछौँ ।आज मन्त्रीका कुर्सी खाली भए । अब कसले खुसी मनाउने हो ।

यादवले आफूहरु संसदमा नश्लवादी संविधान स्वीकार्ने नआएको बताउँदै स्वीकारे भनरे केहिले खुसी मनाएपछि त्यो गलत भएको बताए ।उनले सरकारको नाकाबन्दी खोलेको भनेर उपलब्धी भनेपनि सरकारले साम्प्रदायिकता भड्काउने काम मात्रै गरेको आरोप लगाए । मधेशमा कफ्र्यु लगाउदा त्यहाँका जनताले दशगजा क्षेत्रमा गएर प्रर्दशन गरेका थिए ।सरकारले राष्ट्रिय एकता खलबलाउने र साम्प्रदायिक दंगा चलाउने काम गरेको थियो । साम्प्रदायिक दंगाबाट बचाउन हामीले नाकाबाट हामी काठमाडौं आएका हौँ । यो पनि सफलता हो । यस्तो हास्यपद कुरा गर्ने ? किन जोकर बन्ने काम गर्ने ?’ उनले भने ।

उनले आफूबिना संविधानको कार्यान्वयन हुन नसक्ने भन्दै मधेसीको माग पूरा गर्नुपर्नेमा जोड दिए । ‘सीमान्तकृत समुदायका अधिकार संविधानले सुनिश्चत नगरेपछि हामी आन्दोलनमा गयौँ । राज्यले निहथ्था जनता, बच्चादेखि बृद्धसम्मको हत्या गर्यो । यो दमन मात्र थिएन । एक खालको नरसंहार थियो’, उनले भने, ‘मानवतावादी कानुन र मानवअधिकारको उल्घनन भएको छ । नरसंहारका लागि अन्तराष्ट्रिय अदालतमा उभ्याउनुपर्छ ।’

उनले अहिलेको अर्थतन्त्र तस्करले चलाएको भन्दै सोहि कारण व्यपार घाटा ६ खर्व भन्दा धेरै भएको र आर्थिक रुपले मुलुकलाई टाट पल्टाउन खोजिएको बताए । प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै उनले संघीयता र गणतन्त्रलाई बाख्राका टाउकोमा भैसीका सिङ भन्ने उखान टुक्काले राष्ट्रको हित नहुने बताए ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्