Logo
१५ चैत्र २०८०, बिहीबार
(July 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका सुपरस्टार रजनीकान्तको नयाँ चलचित्र रिलिज हुने दिन  छुट्टीको घोषणा !

rajnikant-sm_650_063016011419

चेन्नाई ।  दक्षिण भारतका सुपरस्टार रजनीकान्तको नयाँ चलचित्र रिलिज हुने दिन भने चेन्नाई र बैंग्लुरुका धेरै कम्पनीहरुले उल्टै छुट्टीको घोषणा गरेका छन् । आगामी शुक्रबार रजनीकान्तको ‘कबाली’ रिलिज हुँदैछ । बलिवुडका सुपरस्टार मानिएका सलमान खान, आमिर खान र शाहरुख खान आफ्नो चलचित्र रिलिज गर्दा कुनै पर्व वा छुट्टीलाई पर्खने गर्छन् । भर्खरै रिलिज भएको सलमानको चलचित्र ‘सुल्तान’ पनि इदको अवसर पारेर रिलिज गरिएको थियो ।

यो दिन छुट्टी नभएपछि विभिन्न कम्पनीहरुले छुट्टी दिने घोषण गरेका हुन् । यस क्षेत्रका कम्पनीहरुमा शुक्रबार धेरै कर्मचारीहरुले काम परेको, कोही बिरामी परेको बहाना बनाउँदै आफ्नो प्रिय कलाकारको चलचित्र हेर्न छुट्टी लिने योजना बनाएको कुरा समाजिक सञ्जाल हुँदै समाचार बनेपछि कम्पनीहरुले छुट्टी ने दिने घोषणा गरेको बताइएको छ ।

यसरी छुट्टी दिने कम्पनीहरु मध्ये एक ओपस वाटरप्रुपिङका मनोज पुष्पराजले आफ्नो कर्मचारीहरुले काम बंक नगरोस् भनेर छुट्टी दिएको बताए । ‘यो उनीहरुलाई रमाइलो र थप काम गर्न प्रेरणा हुने हाम्रो विश्वास छ,’ उनले भने । कम्पनीले स्टाफहरुलाई निःशुल्क टिकटको पनि व्यवस्था गरेको छ । दक्षिण भारतमा रजनीकान्तलाई भगवानको रुपमा मानिन्छ । उनको तस्विरलाई भगवानको साथमा राखेर पूजा पनि गरिन्छ ।

प्रकाशित मिति: Jul 20, 2016

प्रतिक्रिया दिनुहोस्