Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी मोडल कंदीलका भाइ पक्राउ, ‘दिदिको हत्याको केही अफसोच छैन’

Pakistan qandeel
एजेन्सी । पाकिस्तानी मोडल कंदील बलोचको हत्याको विषयमा उनका भाइ वसीमलाई पक्राउ गरिएको छ । पक्राउ पछि उनको भाइले बहिनीको हत्या गरेकोमा आफूलाई केही पनि अफसोच नभएको बताएका छन् । वसीमले पहिला उनले कंदीललाई बेहोस हुने औषधी दिएको र पछि उनको घाँटी थिचेर हत्या गरेको स्विकार गरेका छन् ।

शनिबार पाकिस्तानको मुल्तानमा बलोचको हत्या भएको खबर आएको थियो । पुलिसका अनुसार २६ वर्षीया अभिनेत्री र मोडल कंदीलको हत्या शुक्रबार राती भएको हो । घटनापछि उनका भाइ फरार रहेका थिए । कंदीलको वास्तविक नाम फौजिया अजीम थियो तर मोडलिङको दुनियामा कदम राखेपछि उनले आफ्नो नाम परिवर्तन गरेकी हुन् । पुलिसका अनुसार कंदीललाई आफ्नै परिवारबाट मोडलिङ छोड्ने र सोसल मिडियाबाट हट्नुपर्ने धम्की आएको थियो ।

उनका भाइले उनलाई फेसबुकको पोष्ट र भिडियोको विषयमा धम्की दिइरहेको गर्दथे । कंदील आफ्नो बोल्ड इमेज र विवादमा भएका कारण धेरैजसो चर्चामा शिखरमा आइरहन्थिन् । उनका फेसबुक र ट्वीटरमा गरी हज्जारौंको संख्यामा फ्यान फलोवरहरु थिए । उनले थुप्रै पटक क्रिकेटर र विपक्षी नेता इमरान खानसँग विवाह गर्ने इच्छा व्यक्त गरेकी थिइन् । केही दिन पहिले मात्र उनले मुस्लिम धर्मगुरु मुफ्ती कवीसँग आफ्नो विवादास्पद तस्बिर सोसल मिडियामा पोष्ट गरेकी थिइन् ।

qandeel_brother

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्