Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माणाधीन नीतिहरु समावेशी नभए राष्ट्रिय अखण्डतामा असर पर्ने मधेशी पत्रकारको चेतावनी !

Press_release_sangh

काठमाडौं । सूचना तथा सञ्चारसँग सम्बन्धित निर्माणाधीन नीतिहरु समावेशी नभए राष्ट्रिय अखण्डतामा असर पर्ने चेतावनी मधेशी पत्रकार तथा सञ्चारसँग सम्बन्धित संस्थाहरुले लिएका छन् । मधेशी पत्रकारहरुको छाता संगठन मधेशी पत्रकार संघ र मधेश मिडिया हाउसले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै हाल निर्माण भइरहेका नीतिहरुमा मधेशीको सहभागिता नरहेको र त्यसमा मधेशवादी दलहरुले पनि समर्थन गरेको आरोप लगाइएको छ ।

उक्त विज्ञप्तिमा यस किसिमको नीति निर्माणबाट राखिष्ट्रय अखण्डतामा असर पर्ने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ,‘ राज्यको चौथो अंग (सञ्चार) भित्र समावेशिता र नीति निर्माणमा मधेशी मोर्चाको मौनतालाई सत्तापक्षले समर्थनको रुपमा लिएर अघि बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर राष्ट्रिय अखण्डतामा र सहायक असर मधेश तथा मधेशी पत्रकारहरुमा पर्ने निश्चित नै रहेकोले जिम्मेवारी अनुसारको भूमिका निर्वाह गरिदिन राजनीतिक दल, पत्रकारहरुको संघ/संगठन, अभियन्ता र सम्पूर्ण सुवेच्छुकलाई आग्रह गर्दछौं ।’ सरकारले विभेदकारी नीति ल्याउन लाग्दासमेत मधेशी मोर्चा अथवा मधेशका सरोकारबालाहरुले चासो नदेखाएको प्रति दुःख पनि व्यक्त गरिएको छ ।

प्रकाशित मिति: Jul 17, 2016

प्रतिक्रिया दिनुहोस्