Logo
१२ बैशाख २०८१, बुधबार
(July 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री शर्माले जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख सहयोग

reecha-and-suntaliकाठमाण्डौ । गत बर्षको भूकम्पबाट पीडित बनेका सिन्धुपाल्चोकको गिरान्चौरबासीका लागि नमुना बस्ती निर्माण गर्दै गरेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्ञ्जना घिमिरे ‘सुन्तली’को टिमलाई अभिनेत्री ऋचा शर्माले आर्थिक सहयोग गरेकी छिन् ।

आफ्नो जन्मदिन मनाउन लागेकी ऋचा आफ्नो जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख रूपैंया नगद सहयोग गरेकी हुन् ।

ऋचाले गरेको यो सहयोगले सिन्धुपाल्चोकको गिरान्चौरबासीका लागि राहतको भूमिका पक्कै खेल्ने छ । पछिल्लो समय फिल्म क्षेत्रमा आफ्नो उचाई बढाई इरहेकी ऋचाको सहयोगी भावनाले अन्य फिल्मकर्मीलाई पनि प्रेरणा पक्कै मिल्नेछ ।

यसअघि पनि थुप्रै फिल्मकर्मीले यस किसिमका सामाजिक कार्य गर्दै आईरहेका छन् ।

प्रकाशित मिति: Jul 17, 2016

प्रतिक्रिया दिनुहोस्