Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबारदेखि सिलिन्डर निःशुल्क साटिँदै, “अतिरिक्त शूल्क पनि तिर्नुपर्ने छैन”

Gas-line

काठमाडौं । आइतबारदेखि उद्योगहरुले आफ्ना गोदामहरुमा ग्यास सिलिन्डर साटिट्ने भएको छ । साउन २ गतेदेखि ८ गतेसम्म विभिन्न ग्यास कम्पनीका गोदममा सिलिन्डर साट्ने सूची तय भएको हो  ।

नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा भिएका ग्यास सिलिण्डर साट्न अहिले विभिन्न विक्रेताहरुले अरिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले उपभोक्तालाई राहत दिनका लागि सिलिन्डर साट्ने व्यवस्था गरिएको संघले जनाएको छ ।

विशेषगरी नाकाबन्दीका बेलमा उपत्यकामा भित्रिएका ग्यास सिलिन्डरलाई काठमाडौंमै साट्ने व्यवस्था मिलाइएको एलपी ग्यास उद्योग संघले जनाएको छ । यसका लागि कम्पनीलाई कुनै अतिरिक्त शूल्क पनि तिर्नुपर्ने छैन ।

शक्ति, सहारा, मेची, त्रिशक्ती, कन्काई, रिजालको भान्छा, कामख्य, प्रिमा, कोशी, नोवेल जानकी, जगदम्वा, सुपर, लियो र अम्वर ब्राण्डका ग्यास सिलिन्डर साटिनेछ ।

यसैगरी राप्ती, भेरी, न्युभेरी, मनकामना, आदेश, रेडियन्ट, नेपाली, नारायणी, आरती, स्वस्तिक, वुटवल पनि साटिने भएको छ । संघले सिलिण्डर खाली मात्र लिईने बताएको छ । सिलिण्डरको सट्टापट्टा निःशुल्क गरिनेछ ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्