Logo
१३ बैशाख २०८१, बिहीबार
(July 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको कुनै एक स्थानबाट अर्को स्थानमा पुग्न अब केही घण्टामात्र !

sabrine

एजेन्सी । विश्वको कुनै एक स्थानबाट अर्को स्थानमा पुग्न अब केही घण्टामात्र लाग्ने भएको छ । दी युरोपियन स्पेस एजेन्सी इएसएले ११ मिलियन डलरको लागतमा एउटा यस्तो इन्जिनको विकास गर्दैछ, जसको प्रयोग गरी हवाईको माध्यबाट एक स्थानबाट अर्को स्थानमा पुग्न केवल एकदेखि दुई घण्टामात्र लाग्नेछ ।

अस्फोर्डस्राइनमा अधारित उक्त इन्जिनमा जेट र रकेटको प्रविधि प्रयोग गरिएको छ। यस इन्जिनको गति ध्वनीको गतिभन्दा पाँच गुणा बढी छ । इएसए र दी युके स्पेस एजेन्सी र बिइए स्टिमबीच भएको नयाँ सम्झौताअनुसार उक्त इन्जिन सन् २०२० सम्ममा विकास गरिसकिनेछ।

रियाक्सन इन्जिनले त्यसका लागि आफूले ६६ मिलियन डलर संकलन गरिसकेको जनाएको छ। उक्त संकलित रकममध्ये ५५ मिलियन डलरभन्दा बढी रकम युके स्पेस एजेन्सि र इएसएको सहयोगमा जम्मा गरिएको हो । उक्त दी रिभोलुन्टिरी सर्व्री इन्जिनले जहाजलाई धावनमार्गबाट उडेपछि रकेट मोड लिनुभन्दा पहिले आवाजको भन्दा पाँच गुणा बढी गतीमा उड्न सहयोग गर्छ। उक्त परियोजनाले स्पेसमा स्याटलाइट पठाउन पनि सहयोग गर्छ ।

रियाक्सन इन्जिनका प्रमुख मार्क थोमसले आफूहरुलाई इएसए र युकेएसको साथ रहँदै आएको र नयाँ सम्झौताले आफूहरुलाई प्रविधिको विकासमात्र नभइ त्यसलाई अन्तिम रुप दिने विश्वास बढेको बताए । हाल लिक्विड अक्सिजन र लिक्विड हार्डोजन बोक्नका लागि रकेटको प्रयोग गरिँदै आइएको छ। जुन एकदमै महँगो हुन्छ ।

अब विकास गरिने नयाँ इन्जिनले १,००० डिग्री सेल्सियस देखि माइनस १५० डिग्री सेल्सियसको बिचमा रहेर चिस्यान पद्धतिबाट आफैँ लिक्विड अक्सिजन निर्माण गर्छ । यस पद्धतिले जहाजको गति जतिसुकै बढाए पनि इन्जिन पड्किने र बिग्रने समस्या आउँदैन । सबरी नाम दिइएको उक्त इन्जिनले मार्च फाइब प्यासेन्जर भनिने ल्यापकटलाई आफ्नो इन्जिनको गति बढाउन र हवाइ यात्राको समयावधि घटाउन नाटकीयरुपमा काम गर्छ ।

सामान्य जेटहरु ३५,००० फिटभन्दा माथि उड्न सक्दैन तर ल्यापकट ४,००० एमपिएचको गतिमा ९२,००० फिटभन्दा माथि उड्न सक्छ। यसका लागि रियाक्सन सब्रीले हेलियम पाइप प्रयोग गरेको छ । उक्त पाइपको माध्यमबाट हावाहरु बाहिर निस्कनेछ र हिलियमले इन्जिनमा जम्मा भएको अक्सिजन तथा हिटलाई हटाइदिन्छ ।

जहाज उडिरहेको समयमा पनि रकेट मोड अन गर्न सकिनेछ। यस जहाजले ३६ घण्टा उडान भर्न सक्छ र स्याट्लाइट लन्च गर्नपनि यसको प्रयोग गर्न सकिन्छ ।  युके स्पेस एजेन्सीका प्रमुख क्याथरिन क्वाट्नीले भने- हामी चहान्छौ युके प्रविधिको विकासका लागि उक्तम स्थान बनोस्। यस इन्जिनको विकासले हवाइ उडानका क्षेत्रमा र स्पेसमा यात्रा गर्न सधैं सहज होस्।’

प्रकाशित मिति: Jul 14, 2016

प्रतिक्रिया दिनुहोस्