Logo
८ बैशाख २०८१, शनिबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकले १२ अर्ब ७९ करोडको नेपाल राष्ट्र बैंक ऋणपत्र विक्रि गर्दै

nepal-ratra-bank

न्यूज अप्रेशन, काठमाडौ ।  नेपाल राष्ट्र बैंकले १२ अर्ब ७९ करोडको नेपाल राष्ट्र बैंक ऋणपत्र विक्रि गर्दै छ । केन्द्रिय बैंकले वुधवार (आज) दिउँसो दिन वजे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०७४ ङ’ निष्कासन हुने जनाएको छ ।

व्याज रकम ६÷६ महिनामा र साँवा रकम भुक्तानी किमितिका दिन भुक्तानी गर्नुपर्ने प्रावधान सहित ऋणपत्र निष्कासन हुने छ । क, ख, ग बर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने यो ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।

एउटा संस्थाले एक करोड रुपैयाँ देखि एक करोडले निशेधित भाग जाने १२ अर्ब ७९ करोड ननघाई वोलकवोल गर्न पाउने जनाइएको छ । एक वर्ष अवधी राखिएको ऋणपत्रको एउटै संस्थाले अलगअलग व्याजदरमा अर्थात वहुव्याजदरमा वोलकवोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्