Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने

Prachanda (1)काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रले राष्ट्रिय राजनीतिक सहमति वा सहमतिको सरकार जरुरी रहेको निष्कर्ष निकाल्दै त्यसका लागि पार्टीले पहकदमी लिने निर्णय गरेको छ ।

कोटोश्वरस्थित पार्टी मुख्यालायमा बिहीबार सम्पन्न पोलिटब्युरो बैटकले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार वा सहमतिय सरकार बनाउने निर्णय गरेको हो । केन्द्रले तत्काल सरकार नछाड्ने जनाएको छ ।

केन्द्रले सहमतीय सरकार गठनमा पहल गर्ने निर्णयलगत्तै तीन प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । अाजकाे अन्नपूर्णमा समाचार छ ।

प्रधानमन्त्री केपी ओली , प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगातयका तीन दलका नेताबीच बिहीबार साँझ बालुवाटारमा छलफल भएको हो ।

सहमतीय सरकार, संक्रमणकालीन न्याय लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्