Logo
७ बैशाख २०८१, शुक्रबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काज विकृति प्रहरीमा बढ्दो, पाँच हजार सात सय प्रहरी काजमा

nepal police.pngकाठमाडौं । महानगरीय अपराध महाशाखा, टेकुमा प्रहरीको दरबन्दी एक सय ४१ जनाको हो । तर, महाशाखामा दुई सय ११ प्रहरी कार्यरत छन् । तीमध्ये करिब एक सय प्रहरी काजमा आएका हुन् भने महाशाखामै दरबन्दी भएका करिब ५० जना अन्यत्रै काजमा बसेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतमा तीन हजार एकजनाको दरबन्दी छ । तर, परिसरमा दुई हजार नौ सय ५६ जना कार्यरत छन् । तीमध्ये पनि डेढ सय काजमा छन् । परिसरको दरबन्दीका करिब एक सय प्रहरी भने काठमाडौंबाहिर काजमा छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रहरीका हरेकजसो कार्यालयमा काज विकृति छ । प्रहरीमा करिब पाँच हजार सातजना काजमा कार्यरत छन् । अधिकांशले घरपायक तथा आकर्षक ठाउँमा बस्न काज मिलाउने गरेका छन् । काज विकृतिले सुरक्षा व्यवस्थामा समेत असर परेको प्रहरी अधिकारीहरू नै बताउँछन् । तर, विकृति हटाउने प्रयास भएको छैन ।

प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले पाँच हजार ६ सय ९० प्रहरी काजमा रहेको जानकारी दिए । अधिकांशलाई संगठनकै आवश्यकताअनुसार काजमा

कहाँ कति प्रहरी काजमा ?
प्रहरी मुख्यालयबाटः २१२१
महानगरीय प्रहरी कार्यालयबाटः ८५७
पूर्वक्षेत्रबाटः ११४९
मध्यक्षेत्रबाटः ४०५
पश्चिमाञ्चलबाटः २३३
मध्यपश्चिम क्षेत्रबाटः ४४६
सुदूरपश्चिम क्षेत्रबाटः ४७९

कुन पदका कति ?
एआइजीः१
एसएसपीः२
एसपीः१९
डिएसपीः४४
इन्स्पेक्टरः१९२
सइः ५२०
असइ ६४९
हवल्दारः १००७
जवानः २९९९
कार्यालय सहयोगीः २५७

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्