Logo
८ बैशाख २०८१, शनिबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानिय स्तरको बिडम्बना: ३५ गाविसका वडा नै अर्कै गाविसमा !

bara-district

काठमाडौं । मुलुकको आन्तरिक सीमांकन भद्रगोल हुँदा ८ जिल्लाका ३५ गाविसका भू–भागहरु अन्य गाविसको बीचमा रहेको पाइएको छ । स्थानीय निकाय पुनः संरचना आयोगका अनुसार तराईका ८ जिल्लाका यी गाविसहरुको वडा र भू–भागहरु अन्य गाविसको बीचमा टापु जसरी रहिरहेको पाइएको छ ।

आयोगले स्थानीय निकाय पुनः संरचनाका लागि देशभरका नक्सा अध्ययन गर्दा गाविसको मुख्य क्षेत्रको सीमासँग कतै नछोएका वडारु अरु गाविसहरुमा छरिएर रहेको पाइएको हो । आयोगले बाराको बच्चन पूर्वहवा गाविसमा ५ टुक्रामा भेट्टाएको छ ।

बच्चन पूर्वहवाको ६ वटा वडा सिहसनी, अमाव र रामपूर्वा गाविसको बीचमा रहेको आयोगका भौगोलिक सूचना प्रणाली विज्ञ शंकरराज पाठकले बताए । उनका अनुसार बाराको विसुनपुर, कौरया र हर्दिया गाविस ३ /३ टुक्रामा विभाजित रहेको पाइएको छ ।

सिसहनी, अमावा र रामपूर्वा गाविसको बीच बीचमा बच्चनपूर्वहवा गाविसको वडाहरु छन्, उनले भने, जवकी ती वडाहरु बचचन पूर्वहवा गाविसको कूनै पनि सीमासँग जोडिएको छैन । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्