वर्षौअघि पानीमा डुबेको शहर अझै सुरक्षित !
एजेन्सी । बिश्वमा एउटा यस्तो शहर छ जुन पानीमा डुबेको छ जसको नाम शी चेंग लायन सिटी । यो शहर ५३ वर्ष पहिले एउटा पोखरीमा डुबेको दाबी गरिएको छ जुन त्यही तालको किनारामा बसेको थियो ।
यो सिटीलाई आफ्नो कब्जामा लिने तालको नाम इरी ताल अर्थात क्विआण्डाओ हो । यो ताललाई मानिसहरुले नै बनाएका थिए तर यही तालले मानिसहरुलाई नै बिचल्लिमा पार्यो ।
यो शहर १३ सय वर्ष पुरानो बताइएको छ जुन पानीमुनी त छ तर पूर्ण रुपमा सुरक्षित । पानीमा डूबेका कारण यो शहरको सबै तस्बिर क्यामरामा कैद हुन सक्दैन किनभने चारैतिर अँध्यारो फैलिएको छ ।
शहर पाँच पहाडको बिचमा बसेको बताइएको छ । स्रोतका अनुसार, बिजुली घर बनाउनका लागि यहाँ कृत्रिम पोखरी निर्माण गरिएको थियो । यो पोखरी अहिले धनी मानिसहरुको लागि मनोरञ्जन गर्ने स्थल भएको छ । मानिसहरु आफ्नो निजी जहाज लिएर रमाइलो गर्न यहाँ पुग्ने गर्दछन् ।
चीनियाँ सरकारले सन् १९५९ मा यो पोखरी बनाएको थियो । बिजुली घर निर्माण गर्ने उद्देश्यसहित बनाएको यो पोखरीमा न त बिजुली घर छ न त यहाँ बस्ती निर्माण गर्न सकिएको छ ।