Logo
११ बैशाख २०८१, मंगलबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काउन्सिलद्वारा ईकान्तिपुरलाई क्षमायाचनाको निर्देशन

Press Counsilकाठमाडौं । “वरिष्ठ संगीतकार अम्वर गुरुङ्को निधन” भएको भनि ईकान्तिपुरले सम्प्रेषण गरेको समाचारका विषयमा प्रेस काउन्सिल आचारसंहिता अनुगमन उपसमितिको मिति २०७३ असार ८ गतेको बैठकले ईकान्तिपुरलाई कारवाही गर्ने निर्णय गरेको छ । सो निर्णयले ईकान्तिपुरलाई क्षमायाचना गर्ने निर्देशन पनि दिएको छ ।

ग्राण्डी अस्पतालमा उपचार गराईरहेका वरिष्ठ संगीतकार अम्वर गुरुङ्को निधन भएको भनि २०७३ जेठ २४ गते ईकान्तिपुरले समाचार सम्प्रेषण गरेको थियो । जिउँदो मानिसलाई मरेको भनी सम्प्रेषण भएको सो समाचारप्रति अम्वर गुरुङ्का परिवारजन, शुभचिन्तकवाट आक्रोश व्यक्त भएको थियो ।

अम्वर गुरुङ्को निधन सम्वन्धि झुटो समाचारवाट सन्चारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन गरेको भनी काउन्सिलले ईकान्तिपुरसंग जवाफ माग गरेकोमा कान्तिपुर पब्लिकेशनका प्रधान सम्पादक सुधिर शर्माले अव आईन्दा बद्नियतपूर्वक अनावश्यक झमेला या झन्झट दिने उदेश्य प्रेरित स्पष्टीकरण नसोध्न चेतावनी प्रेस काउन्सिललाई दिएका थिए ।

उक्त विषयमा प्रेस काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिले निम्न निर्णय गरेको छ :
१. वरिष्ठ संगीतकार अम्वर गुरुङ्को निधन सम्वन्धि समाचारको सन्दर्भमा गल्ती स्वीकार गरी क्षमायाचना समेत गरेको पाईएको हुँदा अव उप्रान्त यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा वढी सचेत र जिम्मेवार रहन निर्देशन दिने ।

२. जिउँदो मानिसको मृत्यु भइसकेको समाचारवाट अम्वर गुरुङको परिवार र शुभचिन्तकमा गम्भीर चोट पुग्न गएको देखिँदा समाचारमा त्रुटी हुनुको कारण खोली निजका परिवारजनलाई क्षमायाचना सहित पत्राचार गर्ने र सो को प्रतिलिपि काउन्सिलमा पेश गर्न निर्देशन दिने ।

३. उक्त समाचार आचारसंहिता विपरीत भएको भनी काउन्सिलवाट ईकान्तिपुर डटकमलाई गरिएको पत्राचारको जवाफमा काउन्सिलको अधिकार क्षेत्रमा प्रश्न उठाउँदै काउन्सिलप्रति लाञ्छित गरिएको व्यहोरा जिम्मेवार र उत्तरदायीपूर्ण नदेखिएको हुँदा विषयवस्तु बाहिर गएर यस्ता टिप्पणी नगर्न ईकान्तिपुर डटकम (कान्तिपुर पब्लिकेशन प्रा.लि.) लाई सचेत गराउने ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्