Logo
१२ बैशाख २०८१, बुधबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइएसले भन्यो “ढाकाको आतङ्ककारी हमलामा हाम्रो संलग्नता छैन”

Bglades News

सिन्ह्वा,  ढाका ।  बङ्गलादेशको राजधानी ढाकामा शनिबार बिहान भएका आतङ्ककारी हमलामा आइएसको सम्लग्नता नरहेको बङ्गलादेशले जनाएको छ । राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा गत शनिबार आतङ्ककारी हमला भएको थियो । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका र त्यहाँ रहेका कम्तीमा पनि २० जना विदेशीको हत्या गरेका थिए ।
उक्त आक्रमण इस्लामिक स्टेट्सले गरेको भनी यसअघि गरिएको दाबी सत्य नभएको बताइएको छ । बङ्गलादेशको सरकारले त्यसमा आइएसको सम्लग्नता अस्वीकार गरेको हो । बङ्गलादेशका गृहमन्त्री असादुजमान खानले उक्त हमलामा आइएसको हमलाको कुनै पनि संकेत नमिलेको जानकारी दिए ।
यस क्रममा सुरक्षाकर्मीको कारबाहीका क्रममा पाँचजना बन्दुकधारी मारिएका बताइएको थियो । ती मारिएका व्यक्ति बङ्गलादेशको नै एक प्रतिबन्धित समूहका सदस्य रहेकोले आइएसको सम्लग्नता नखुलेको उनको भनाई छ । साथै सुरक्षाफौजले नियन्त्रणमा लिएका केही व्यक्तिसँगको सोधपुछका क्रममा पनि यहाँ आइएस आतङ्कारीको सहभागिता नदेखिएको उनले बताए।

मारिएका ती व्यक्ति बङ्गालादेशमा गएको करिब दश वर्षदेखि प्रतिबन्धित आतङ्ककारी संगठन जमाएतुल मुजाहिद्दीनका सदस्य रहेको खुलेको समाचारमा जनाइएको छ । मन्त्री खानले भने, ‘आइएससँग उनीहरुको कुनै पनि सम्लग्नता छैन, हामीले अनुसन्धानबाट यो पत्ता लगाएका छौँ।’ यसअघि उक्त हमलामा आइएसको सम्लग्नता रहेको यहाँको सरकारले नै दाबी गरेको थियो ।

त्यस लगत्तै आइएस संगठनले पनि ढाकामा भएको आक्रमणमा आफ्नो संलग्नता रहेको जानकारी गराएको थियो । सोमबार यहाँको सरकारको सो भनाई आएको हो । त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले बङ्गलादेशलाई यस्तो आतङ्कवादी क्रियाकदापबाट हामीले जतिसक्दो चाँडै सामान्य अवस्थामा ल्याउने बताइन् ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्