Logo
१२ बैशाख २०८१, बुधबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाठक आएपछि  कान्तिपुर टेलिभिजनमा समाचारको  कन्टेन्ट झुर 

KTV

काठमाडौं । कान्तिपुर टेलिभिजनमा सन्तुलनकारी नेतृत्वको अभावले गर्दा यसको समाचारको गुणस्तर गिर्दै गएको चर्चा दर्शकहरुले गर्न थालेका छन् । नेतृत्वको काखापाखाको व्यवहारले पत्रकारहरुमा बढ्दै गएको असन्तुष्टिका कारण विषय वस्तुका साथै समाचारको गुणस्तरमा आएको गिरावटले गर्दा कान्तिपुर टिभीले हिजोको शीर्षस्थान गुमाउँदै गएको गुनासो सुनिन थालेको छ ।

एक दशक सो टिभीको नेतृत्व गरेका तीर्थ कोइरालाले छोडेर दीलभूषण पाठकले कान्तिपुर टेलिभिजनको नेतृत्व समहालेपछि सुरु भएको भद्रगोल साम्य हुनेभन्दा पनि दिनप्रतिदिन बढ्दै गएकोमा त्यहाँ कार्यरत पत्रकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । केही समय अगाडि कान्तिपुर छाडेर एपी–वान टिभीको समाचारप्रमुखमा विजय पौडेल गएपछि माउन्टेन छाडेर बसेका चिरन पौडेल एपी–वान टिभी जाने निश्चित जस्तै थियो ।

तर चिरन त्यता जाँदैछन् भन्ने सुनेपछि कान्तिपुर टिभीमा खोलिएको भ्याकेन्सी अन्तर्गत उनलाई छनौट गरियो र एपी–वान जानबाट रोकियो । तर अहिले उनलाई न्यूज पढ्न देलान् कि भन्ने दिनमै शहीद बनाएको चर्चा कान्तिपुरमा सुरु भएको छ । केही दिन अघि मात्रै उनलाई जिल्ला ब्यूरोमा पठाएपछि पौडेल निराश बनेका छन् ।

समाचार प्रोडूसरमा छिरेका विश्व लिम्बुलाई समाचार पढाउनुपर्ने भएपछि वान्तवाले पौडेल माथि राजनीति गरेर जिल्लामा पठाएर पन्छाएको आरोप लागेको छ । अर्का पौडेलको कमाल : लामो समय अदालत, अख्तियार र मानव अधिकारको रिपोर्टिग गरेर बसेका किशोर पौडेल कान्तिपुर टिभी छाडेर गएक अर्जुन खड्कासँगै थाहा डटकम तिर लाग्ने चर्चा थियो ।

कान्तिपुरमा छँदा खड्काका दाहिने हात पौडेललाई समाचारप्रमुख दीलभूषण पाठकले तलब बढाईदिने आश्वासन दिएपछि रोकिएको बताइन्छ । खड्का बिना काम गर्नै नसक्ने पौडेल टिभीमै रोकिएपछि कान्तिपुरका पत्रकारहरु अचम्ममा परेका छन् । अहिले कान्तिपुर छाडेर अनुमान गरेका पौडेल दीलभूषण पाठकको नजिकका मान्छे बन्न सफल भएका छन् ।

यतिसम्म कि घर आउजाउ समेतसँगै हुने गरेको चर्चा पत्रकारबीच हुने गरेको छ । कलेज पढाउने गरेका पौडेललाई केही समय अगाडि पाठकले नै जानीजानी बिहानी सिफ्टमा सारिदिएपछि जागिर छाड्ने मूडमा पुगेका थिए । तर अर्जुन खड्काले थुमथुमाएपछि रोकिएका थिए । पछिल्लो समयमा एकाएक पाठकले नजिक भएपछि कान्तिपुरे पत्रकार तीनछक परेको बताइन्छ ।

बिजनेस ब्यूरो सँधै फस्टाउने !
कान्तिपुर टिभीमा समाचारप्रमुख भएर आएपछि दीलभूषणले विदेश भ्रमणको नीति बनाए । एकपटक भ्रमण गएकाले ६ महिना अर्को भ्रमण गर्न नपाईने । तर यो नीति अहिले बिजनेस ब्यूरोमा बाहेक अन्यत्र मात्रै लागू हुने भएको छ । टिभीको बिजनेस ब्यूरोमा पछिल्लो समय एक न एक जना देश बाहिर रहने गरेका छन् ।

समाचारको इकाई मापन :
टिभी बिटमा काम गर्ने कतिपय पत्रकारको राम्रो पब्लिक रिलेसन हुने गर्दछ । कतिपय पत्रिकाले थाहै नपाएका विषयमा ब्रेके गर्ने गरेको भएपनि त्यस्तो ब्रेक गर्दा प्रोत्साहन हुँदैन । तर कान्तिपुर दैनिकमा भोलिपल्ट समाचार आउँदा कुनै छुटेको भए नियमित मिटिङ्गमा गाली खान थालेपछि पत्रकारहरु पहिलेको तुलनामा काम गर्न छाडेका छन् ।

टिभीमा पत्रकारले समाचार छुटाएको वा नछुटाएको भन्ने मापन टिभीमा कान्तिपुर दैनिक हेरेर गर्ने गरिन्छ । त्यसपछि कसका नजिक को छ भनेर हेरिन्छ । हिमाल र दीलभूषणका नजिकका पत्रकारले छुटाउँदा कुनै प्रश्न उठ्दैन ।

राम्रा जति हिँडे :
कान्तिपुर टिभीमा समाचारप्रमुखमा पाक आएपछि राम्रा पत्रकारले छाड्ने क्रम रोकिएको छैन । केही दिन अगाडि मात्रै जिल्ला ब्यूरो थामेर बसेका जीवन कार्कीले समेत टेलिभिजनलाई बाईबाई गरेका छन् ।

भाषा र साहित्यका क्षेत्रमा समेत चर्चित कार्कीले क्षमताको कदर कहिल्यै हुन नसकेको भन्दै बाईबाई गरेका हुन् । यसअघि प्रशासनमा दख्खल राख्ने पुष्प ढुंगाना हिँडेपछि त्यतातिरको समाचारमा पूर्णविराम लागेको छ । यसअघि छाडेका उद्धव भेटवाल हिँडेपछि स्वास्थ्य क्षेत्रका समाचार एउटा पनि बजेका छैनन् ।

मालिकको अप्सन :
अहिले कान्तिपुर टिभीका मालिकहरुले पुराना छाडेर हिँडेका अर्जुन खड्का, विजय पौडेल लगायतलाई निजी कार्यालयमै बोलाएर कान्तिपुरको बारेमा सोध्न थालेका छन् । कान्तिपुर छाड्नुपरेको कारण र कान्तिपुरलाई कसरी लैजाँदा ठीक हुन्छ भन्ने बुझ्न थालेको चर्चा पत्रकारहरुले गर्न थालेका छन् ।

समाचारप्रमुख पाठक आएपछि कन्टेन्ट झुर हुन थालेको, समाचार संयोजकलाई पत्रकारहरुले बनेको खबर छ । जोसँग पनि झनक्क रिसाउने बानी भएका हिमाललाई संयोजकको जिम्मेवारी दिएपछि केही पत्रकारहरुले काम गर्न छाडेको बताइन्छ । यस्तो अवस्था अझै कायम रहे केही महिनामै समाचार शाखा रित्तिने चर्चा पनि कान्तिपुर टिभीका पत्रकारहरुले गर्न थालेका छन् । आजको साँघुमा खबर छापिएको छ ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्