Logo
१५ चैत्र २०८०, बिहीबार
(July 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बत्तीस वर्षअघि विवाह गरेको दम्पत्तीलाई अहिले जेल सजाय

Jailराजविराज । ३३ वर्षअघि भएको जारी मुद्दामा सप्तरीका एक दम्पतीले वृद्ध उमेरमा कैद सजाय भोग्दैछन् ।

जिल्ला अदालतको २०४१ असार ३२ को फैसला बमोजिम हालमौ पक्राउ परेका घोघनपुर– २ का एक दम्पती कैद सजाय काट्न राजविराज कारागारमा थुनिएको अदालतले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

जिल्ला अदालतबाट खटिएको कर्मचारीको टोलीले घोघनपुर– २ का ६७ वर्षीय रोजित मियालाई गत सोमबार र उनीकि  श्रीमती ६४ वर्षीया हरिहरबती बाँतरनीलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरु दुवैजनामाथि अदालतले ३२ वर्षअघि जनही एक हजार जरिवाना र एक महिना कैद सजायको फैसला गरेको थियो ।

पश्चिमी कोसी नहरमा मिस्त्री काम गर्ने मियाँले जनमजदुरी गर्ने बाँतरनीलार्इ ०४० साउन १ गते श्रीमती बनाइ भगाएका थिए ।

घटनापछि बाँतरनीका पहिलो श्रीमान श्यामसुन्दरका तर्फबाट भइ र उनका बुबा खप्सु सरदारले सम्पत्तिसहित अर्काकी श्रीमती भगाउने र भाग्नेलाई कारबाहीको माग गर्दै २०४० साउन २ गते जिल्ला अदालतमा जारी मुद्दा दर्ता गराएका थिए ।

प्रहरीले फैसला भएको ३२ वर्षपछि उनीहरुलाई घरबाटै पक्राउ गरी कारागारमा थुनामा पठाएका हुन् ।

उनीहरुले जरिवानास्वरुप एकहजार तिरेका छन् भने एक÷एक महिना कैद भुक्तान गर्न कारागारमा थुनिएका छन् ।

प्रकाशित मिति: Jul 2, 2016

प्रतिक्रिया दिनुहोस्