Logo
८ बैशाख २०८१, शनिबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिपुल्स च्वाइसमा पाँच खेलाडीको नाम सार्वजनिक

sports photo
काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्चले शुक्रबार पल्सर स्पोर्टस् अवार्ड २०७२ अन्र्तगतको पिपल्स च्वाइस विधामा मनोनित पाँच जना खेलाडीको नाम सार्वजनिक गरेको छ । यसअघि लोकप्रिय खेलाडीका नाममा रहेको यस अवार्डमा यस वर्ष राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ, क्रिकेट टोलीका स्पिनर सन्दिप लामिछाने, भलिबलकी प्रतिभा माली, टेबलनेनिसकी नविता श्रेष्ठ र भारत्तोलनकी तारादेबी पुन मनोनयनमा परेका छन् ।

मनोनित खेलाडी एसएमएस र फेसबुक लाइक मार्फत भोटिङ गर्न सकिनेछ । भोटिङको आधरमा विजयी एक जनालाई साउन ६ गते हुनेछ । विजेताले पल्सर वाइक र डिसहोम सेटअप बक्सका साथ एकवर्षका निशुल्क सेवाबाट पुरस्कृत हुनेछन् । एसएमएस मार्फत भोटिङ गर्नका लागि पल्सर स्पेस र खेलाडीको कोर्ड लेखेर ३३१३१ मा पठाउनु पर्नेछ ।

नवयुग श्रेष्ठको कार्ड ‘एनवाई’ रहेको छ भने सन्दिप लामिछानेका लागि ‘एसएल’ छ । त्यस्तै, प्रतिभाका लागि ‘पिएम’, नविता श्रेष्ठका लागि ‘एनएस’ र तारदेवीका लागि ‘टिपी’ रहेकोछ ।

त्यस्तै ४ फेसबुक लाइक बराबर एक भोट मानिनेछ । स्पोर्टस् अवार्डमा पिपल्स च्वाइसबाहेक उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा), वर्षका उत्कृष्ट पारा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेशल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड विधाबाट सम्मानित गरिनेछ ।
नवयुग श्रेष्ठ, फुटबल

त्रिभुवन आर्मीका नवयुगले राष्ट्रिय लिगमा दुई ह्याट्रिक सहित सबैभन्दा धेरै १४ गोल गरेर उत्कृष्ट फरवार्डको उपाधी जितेका थिए ।

तारादेवी पुन, भारोत्तोलन

उनले दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।

सन्दीप लामिछाने, क्रिकेट

आयरल्यान्डविरुद्ध १ ह्याट्रिकसहित ५ विकेट लिएका सन्दिप प्रतियोगितामा सर्बाधिक विकेट लिने दोस्रो खेलाडी हुन् ।

नविता श्रेष्ठ, टेबलटेनिस

 चीनमा भएको विश्व च्याम्पियनसिपको महिला एकल तर्फ उनले भेनेजुएला र पाकिस्तानी खेलाडीलाई पराजित गरेकी थिइन् । नविता विश्व वरीयताको ४ सय २९ औं स्थनमा छिन् ।

प्रतीभा माली, भलिबल

पोखरामा आयोजित खुला भलिबल प्रयितोगतामा प्रतीभा लगातार तेस्रँेपल्ट सर्बोत्कृष्ट खेलाडी घोषित भइन् । उनी यो बर्ष ३ प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी र दुईमा बेस्ट स्पाइकर भएकी थिइन् ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्