Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र अमेरिकालाई निलम्बन गर्ने निर्णय अनुमोदन

iccएजेन्सी, इडनवर्ग । अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी) ले नेपाल क्रिक्रेट संघ क्यान र अमेरिकी क्रिक्रेट संघ युएसएसिएलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ ।स्कटल्याण्डको राजधानी इडनवर्गमा सम्पन्न आइसिसीको वार्षिक साधरणसभाले क्यान र युएसएसिएलाई निलम्बन गर्ने निर्णयको अनुमोदन गरेको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आइसिसीले नेपालमा आफ्नो प्रतिनिधि टोली पठाउने भएको छ । उक्त टोलीले सरकार र निलम्बित क्यानसँग छलफल गर्ने छ । आइसिसीले निलम्बन अनुमोदन गरेसँगै क्यानको निलम्बन लम्बिने भएको छ ।
त्यस्तै आइसिसीले साउदी अरेवियालाई ३९ औं एसोसिएट सदस्यको रुपमा चयन गरेको छ। साउदी अरेवियाले सन् २००३ मा नै आइसिसीको सदस्यता लिएको थियो ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्