Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालत पुगेर कर्मचारीलाई थर्काएपछि दीपक मनाङे पक्राउ

Deepak-manange-2
काठमाडौं । गुण्डा नाइके राजिव गुरुङ्ग उर्फ दीपक मनाङेसहित उनको समुहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दीको उजुरीको आधारमा मनाङेको समुहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहले जानकारी दिए ।

सम्पत्ती सुद्धीकरण मुद्दा खेपिरहेका मनाङेले केहि दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिबार राती उनीहरुलाई पक्राउ गरेको हो ।

उपत्यकामा सक्रिय अन्य गुण्डा नाइकेहरुलाई पनि निगरानीमा राखिएको एसएसपी थापाले बताए ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्