Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुनुस् फाइदा जान्नुस् ! एउटा खुशीमा र अर्को दुःखमा !!

मानिस दुई हिसाबले रुन्छन् । एउटा खुशीमा र अर्को दुःखमा । तर,  सामान्यतः रुन कसैलाई पनि मन पर्दैन् कुरा यस्तो छ मज्जाले रुनुस् ,फाइदाबारेमा जान्नुस् यस्तै कुरा पत्ता लागेको छ पछिल्लो पटक ।  डाक्टरको भनाई मान्ने हो भने मानिसले बेलाबेलामा रुनु पर्छ ।
 रुनु स्वास्थ्यका लागि अतयान्तै लाभकर मानिन्छ, विशेषगरी आँखाका लागि । रुँदा आँखा चम्किलो हुन्छ । जसरी हाँस्नु मानिसका लागि स्वस्थकर मानिन्छ, त्यसैगरी, रुँदा मन हल्का हुनेमात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
मेडिकल युनिभर्सिटी अफ ओहियोले गरेको अनुसन्धानलाई मान्ने हो भने रुँदा शरीर पनि हल्का हुन्छ ।  दुःखलाई लुकाएर राख्नुभन्दा त्यसलाई बाहिर निकाल्नु नै श्रेयस्कर हुन्छ । भावनात्मक, शारीरिक र सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु निस्कन्छ । रुँदा के–के फाइदा हुन्छ, हेरौं है त ।

आँखा चम्किलो हुन्छ स् आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन । यदि आँसु आएन भने र सुख्खा रह्यो भने दृष्टि समस्या हुन सक्छ ।

किटाणु समाप्त हुन्छ स् आँसुमा लिसोजाइमक नामक तरल पदार्थ हुन्छ, जसले ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् किटाणु हटाइदिन्छ ।

विषाक्त पदार्थ बाहिर निकाल्छ स् जब दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । मूड राम्रो हुन्छ : शरीरमा म्याग्नीज बढी हुँदा घबराहट, उल्झन्, थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मूड राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।

तनाव कम हुन्छ :अत्यन्त तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्