Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा माओवादी केन्द्रका नेताले दिए “पूर्वराजा र देउवा “बिरुद्ध यस्तो उजुरी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्र देउवाविरुद्ध१० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको आजको राजधानीमा समाचार छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् ।

 स्थानीय शान्ति समितिको कार्यालय उदयपुरमार्फत आइतबार ज्ञानेन्द्र र सभापति देउवालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी पठाइएको किराँतीले बताए ।

 

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्