Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका खेलेका खड्का चिढिए !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता खुमबहादुर खड्का चिढिएका छन् । गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका खेलेका खड्का धोका दिएको भन्दै देउवासँग चिढिएका छन् । खड्काले देउवाबाट धोका भएको बताएलगत्तै महाधिवेशन अघि भएको भद्र सहमति कार्यान्वयन गर्न ढिलो भएको भन्दै खड्का निकट नेताहरु असन्तुष्ट भएका छन् । कांग्रेसको महाधिवेशनअघि नै देउवा सभापतिमा विजयी भए खड्कालाई उपसभापतिमा मनोनयान गर्ने पस्ट सहमति भएको उनीहरुको भनाइ छ । तर, देउवानिकट नेताहरु भने महाधिवेशनपछि खड्कालाई उपसभापति बनाउन परिस्थिति त्यति सहज र अनुकुल नभएको बताउँछन् । त्यसैले खड्कालाई उपसभापतिमा मनोनयन गर्ने सम्भावना कम हुँदै गएको देउवा निकट नेताहरुको भनाइ छ । राजधानीमा खबर छ । देउवा निकट नेताहरु परिस्थितिले पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई उपसभापति मनोनयन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताउन थालेका छन् ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्