Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमालयन बैंकमा काण्डै काण्ड: पहिलो गर्भनरको बैंक कठोर कारवाहीमा

1620126441भूपेन्द्र आचार्य, काठमाण्डौ । ४ वटा समुहको प्रमोटर शेयर रहेको नेपालकै महत्वपूर्ण वाणिज्य बैंक हिमालयन बैंक पछिल्लो अवस्थामा तहसनहस हुने देखिन्छ । नेपालकै प्रथम गर्भनर हिमालयन शम्सेर राणाको समूहले प्रमोटर शेयर जम्मा गरि सञ्चालन भएको हिमालयन बैंक भित्र दर्जनौ फोहोरी र आश्चर्यजनक गतिविधि भएको पाइएको छ ।

प्रत्यक्ष रुपमा श्रेष्ठ समूह र राणा समूहको हालिमुहाली चल्दै आएकाले बैंकमा एकाएक राष्ट्र बैंकले इतिहासकै ठूलो र कठोर निर्णय लिएपछि बैंकको भविष्य माथी नै प्रश्न चिन्ह खडा भएको छ  । प्रेम खेतान, मनोज बहादुर श्रेष्ठ समूह, पाकिस्तानी ग्रुप र राणा समूहक प्रमोटर रहेको हिमालयन बैंक विगत ४/५ वर्ष देखि काण्डै काण्ड भित्र फस्दै माथि उठ्न सकेको छैन शेयरधनीनै बताउछन् । कहिले एटिएम काण्ड, कहिले कार्ड काण्ड त कहिले मेलम्ची ठेकेदार कर्जा काण्ड जस्ता काण्ड भित्र फसेको हिमालयन बैंकको भित्री कथा सुन्नलायक मात्रै छैन आश्र्चयजनक पनि छ ।

हिमालयन बैंक भित्र अध्यक्ष श्रेष्ठ र सिइओ राणा समूहवीच सधैं झै–झगडा मात्रै छैन एकले अर्कोलाई सिध्याउन खेल समेत चलेको छ । पछिल्लो समय राष्ट्र बैंक देखि अख्तियार सम्म मुद्दा आफै दर्ता गर्ने परम्पराको विकास हिमालयन बैंक भित्र भइरहेको छ । सिइओ समूह र अध्यक्ष समूहको विवादले बैंक तहसनहस भएपनि कर्मचारी यूनियन खडा भएको थियो । कर्मचरी यूनियनका नेताहरुले गत वर्ष अध्यक्ष श्रेष्ठ समूह र सिइओ राणा समूहलाई कोठा भित्री थुनी विवाद हल गर्न लगाएका थिए र सिइओको अवधी ४ वर्ष र अध्यक्षको अवधि ४ वर्ष थप्ने सहमति गराएका थिए ।

अध्यक्ष श्रेष्ठले दर्जनौ आफ्ना आफन्तहरुलाई कर्जा दिन चर्को दवाब सिइओलाई दिदै आएका छन् तर सिइओ राणाले कर्जा नदिए पछि विवाद फेरि चर्किएको एक कर्मचारीले बताए । राणा समूहले प्रेम खेतानलाई अध्यक्ष बनाउने प्रस्ताब राखेपछि अध्यक्ष श्रेष्ठले अख्तियार र राष्ट्रबैंकमा आफ्नै बैंक र सिइओ राणा बिरुद्ध उजुरी हालेपछि पटक पटक अख्तियारले सिइओ राणा र व्यवस्थापनसँग बयान समेत लिएको थियो । मेलम्चीको चिनियाँ ठेकेदारलाई बैंक ग्यारेन्टी वापत दिएका करोडौं फसेपछि बैंक पुनःविवादमा आएको हो ।

विगतमा एक पछि अर्को घटना बैंकमा घट्दा पनि राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयन शम्सेर राणाको मुख हेरेर राष्ट्र बैंकले कारवाही गरेको थिएन । हिमालयन बैंकलाई विपन्न वर्ग कर्जा अनुपातमा कर्जा प्रवाह नगरेको भन्दै इतिहासमै ठूलो १ करोड भन्दा बढी रुपैया राष्ट्र बैंकले जरिवाना गरेको छ र अब उप्रान्त राष्ट्र बैंकको एकीकृत निर्देशन २०७३ लागु नगर्न चेतावनी पत्र बैंकलाई पठाएको  र नगरे किन हस्तक्षेप गर्ने व्यहोरा समेत पत्रमा उल्लेख भएको राष्ट्र बैंकको गर्भनर कार्यालयले जनाएको छ ।

पूर्व गर्भनर डा. युवराज खतिवडा भएको बेला कारवाही गरिसकेको हिमालयन बैंक हिमालयन शम्शेर राणाको आग्राहमा पछि हटेको थियो । डा. चिरञ्जीवी नेपाल गर्भनर भएपछि पहिलो पटक हिमालयन बैंकलाई यति ठूलो जरिवाना गरेको हो । गतवर्ष ग्राहकको कार्डबाट बैंककै कर्मचारीले सुटुक्क ५ करोड भन्दा बढी रकम झिक्ने कर्मचारी अहिले प्रहरी खोरमा छन् । पाकिस्तानीहरुले नेपाल ल्याउने आंतककारीहरुको पैसा हिमालयन बैंक मार्फत नेपाल आउने गरेको राष्ट्र बैंकले केही खाताहरु फेला पारेको र सो बारेमा छानवीन समेत भैइरहेको गर्भनर कार्यालयले बताएको छ ।

सबै काण्ड गरेर जनताको डिपोजिटको दुरुपयोग गर्ने हिमालयन बैंकमा किन हस्तक्षेप नगर्ने ? यस्तै भए हामी केही समय पछि हस्तक्षेप गर्ने पक्षमा रहेका छौं, एक कार्यकारी निदेशकले बताए । तत्कालीन ग्राण्ड बैंकलाई पनि यस्तो हिमालयन बैंक माथि गरेको कारवाही जरिवाना र चेतावनी पत्र दिदै राष्ट्र बैंकले सिइओलाई कारवाही समेत भएको थियो । यो नियति हिमालयन बैंकले पनि भोग्नु पर्ने प्रष्ट भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयनन बैंकलाई १ करोड १५ लाख २६ हजार ६६१ रुपैयाँ जरिवाना गरेको छ । चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभएको पाइएपछि राष्ट्र बैकले हिमालयनन बैंकलाई जरिवाना गरेको छ । राष्ट्र बैंकले पहिलो त्रैमास (साउन–असोज)मा ५६ लाख ८१ हजार ८३५ रुपैयाँ र दोस्रो त्रैमास (कात्तिक–पुस) मा ५८ लाख ४४ हजार ५२७ रुपैयाँ जरिवाना तिराएको छ । विपन्न वर्ग कर्जा नपुगेको भन्दै ठूलो रकम जरिवाना गरिएको यो पहिलो ठूलो बैंक हो ।

राष्ट्र बैंकको एकीकृत निर्देशन २०७२ अनुसार बैंकहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्छ । हिमालयननले यस अवधिमा ५६ अर्ब ८० करोड १३ लाख कुल कर्जा लगानी गरेको छ । एकीकृत निर्देशनअनुसार हरेक अर्धवार्षिक अवधिमा ०.२५ प्रतिशत विन्दुले विपन्न वर्ग कर्जा प्रवाह बृद्धि गर्नुपर्ने व्यवस्था भए पनि हिमालयननले यो पूरा गरेको छैन । सधैं घर भित्रकै झगडा मिलाउन नसक्ने श्रेष्ठ समूह राणा समूहले अरु के गर्न सक्छन् र ?

विपन्न वर्गको सूचीमा न्यून आय भएका र सामाजिक रूपमा पिछडिएका महिला, जनजाति, दलित, दृष्टिबिहिन तथा सुस्त श्रवण भएका तथा शारीरिक रूपले अशक्त, सीमान्तिकृत समुदाय तथा साना किसान, कालिगढ, मजदुर र भूमिहीन परिवारलाई समावेश गरिएको छ । यस्तै, विपन्न वर्गको आर्थिक तथा सामाजिक उत्थानको लागि सञ्चालन हुने स्वरोजगारमूलक लघु उद्यमहरु सञ्चालन गर्न निश्चित सीमासम्म दिइने लघु कर्जालाई पनि विपन्न वर्ग कर्जामा राख्ने गरिएको छ ।

यसअघि गत वर्ष तत्कालीन ग्रान्ड बैंकलाई विपन्न वर्ग क्षेत्र कर्जा सिमा नपु¥याएको भन्दै १७ लाख ५२ हजार १०१ रुपैयाँ जरिवाना तिराइएको थियो । ग्रान्ड हाल प्रभु बैंकमा गाभिइसकेको छ । आव २०७०/७१ मा वंगलादेश बैंकलाई पनि ६ लाख ७७ हजार ९२१ रुपैयाँ जरिवाना तिराईएको थियो । राष्ट्र बैंक ऐन २०५८ मा बैंक तथा वित्तीय संस्थाले केन्दिय बैंकले तोकेका क्षेत्रमा कर्जा दिनुपर्ने र तोकेका क्षेत्रमा ऋण प्रवाह नगरेमा वा कम प्रवाह गरेको स्थितिमा कर्जा प्रवाह नगरेको वा कम प्रवाह गरेको रकममा सम्बन्धित वित्तीय संस्थाले कर्जामा लिने अधिकतम ब्याज दरले हुन आउने रकम सम्वन्धित संस्थासंग हर्जाना लिन सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्