Logo
७ बैशाख २०८१, शुक्रबार
(June 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने स्पष्ट

netag-555x335काठमाडौ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले र तत्कालिन एओवादीवीच भएको नौ बुँदे सहमति कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नदिने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नौ बुँदे सहमति कार्यान्वयन गर्न एमाले पार्टी इमान्दर भएन ।

संसदीय दलको बैठकमा मैले नौ बुँदे सहमति कार्यान्वयन नभई बजेटको पक्षमा मतदान गर्न नहुने प्रस्ताव पेश गरेको छु । त्यो पारित हुन्छ हामी सहमति कार्यान्वयन नभई बजेट पारित हुन दिदैनौ । सहमति कार्यान्वयन गरेर मात्रै बजेट पारित गर्नु पर्छ ।’ साक्षात्कारमा शर्माले भुकम्प पछिको पुर्ननिर्माण, संविधानप्रति असन्तुष्ट हरुको माग संबोधान गर्न, संविधान कार्यान्वयन र निर्वाचनकोलागि राष्ट्रिय सहमति आवश्यक रहेको तर्क गर्दै त्यसकोलागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए ।

उनले भने,‘ काग्रेस पनि सहमतिको सरकारमा आउने बातावरण बन्दैछ । हामीले काग्रेस र एमालेसँग छलफल गरिरहेका छौ । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा सहमतिको सरकार बनेपनि ठिक छ, काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बने पछि ठिक छ, होईन भने हाम्रा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन पनि तयार छौ ।’ शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको सबै समस्या हल गर्न नसक्ने दावी गर्दै मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताए ।

नौ बुँदे सहमति कार्यान्वयन नगरे नेकपा एमालेसँगको सम्बन्ध पनि टुट्ने चेतावनी दिदै सरकारले एक्लै मुलुकको समस्या समाधान गर्छु भनेर सोच्नु उचित नभएको उनले दावी गरे । उनले सरकारका उपप्रधानमन्त्रीहरुले राष्ट्रको मर्यादा नराखी केटाकेटी कुरा गर्दै हिडेको आरोप समेत लगाए । नेपाली काग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले नयाँ सरकार गठनकोलागि राष्ट्रिय सहमति आवश्यक नरहेको तर्क गर्दै संविधानको कार्यान्वयनको लागि जसको नेतृत्वमा सरकार बनेपछि प्रमुख प्रतिपक्षी भने आवश्यक रहेको बताए ।

उनले भने,‘ सहमति सरकार गठनकोलागि होईन, संविधानको कार्यान्वयन, आवश्यक ऐन कानून निर्माण, मधेसको समस्या समाधानको लागि राष्ट्रिय सहमति आवश्यक छ । बडुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हरेक फ्रन्टमा असफल भईसकेको दावी गर्दै यो सरकारले नसके प्रतिपक्षीको नाताले आफूहरु नयाँ सरकारको लागि तयार रहेको तर्क गरे । उनले भने,‘ हामीलाई सरकारमा जान हतार होईन, सरकार हाम्रो प्राथमिकता पनि होईन तर यो सरकारसँगै हामी मुलुकलाई असफल हुन दिदैनौ ।

वेटिङ्ग गर्भमेन्टको रुपमा हामी तयार भएर बसेका छौ ।’ बडुले बर्तमान सरकार मुलुक र जनताको समस्या समाधानमा जिम्मेवार र ईमान्दार बन्न सकेको दावी गर्दै ऐन कानून नबनाई, प्रतिपक्षसँग छलफल नै नगरी निर्वाचनको कुरा गरेर संघीयतालाई नै पर धकेल्न खोज्दै कि भन्ने गंभिर आशंका आफूहरुलाई लागेको स्पष्ट पारे । उनले भने,‘मुलुकको लागि निर्वाचन आवश्यक छ तर सरकार यसमा गंभिर छैन । सहमति गरेर निर्वाचनको बातावरण बनाउँदैन । निर्वाचन समयमा गराउन सरकार गंभिर छैन ।

कानून बनेको छैन, स्थानीय निकायको पुर्नसंरचना गरेको छैन, त्यसैले मंसिरमा चुनाव हुन सक्दैन । सबै काम गरेर बैशाखमा निर्वाचन गराउन सकिन्छ । सहमति गरर निर्वाचनमा जानु पर्छ ।’ सरकारकै अभिब्यक्तिको कारण आन्दोलनकारी संघीय गठबन्धन टाढा धकेलिदै गएको भन्दै सरकारले ईमान्दारिताका साथ बार्ता गरेर समस्या समाधानकोलागि पहल नै नगरेको आरोप लगाए ।

उपप्रधान एवम महिला बालवालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले राष्ट्रियता खतरामा परेको बेला राष्ट्रिय सहमतिको सरकार आवश्यक भए पनि एउटा बहुमतीय सरकारको ठाँउमा अर्को बहुमतीय सरकार गठनमा लाग्नुको औचित्य नभएको भन्दै अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको तर्क गरे । उनले भने,‘ यही सरकारलाई शसक्त बनाउन प्रतिपक्ष र सत्तारुढ गठबन्धनबाट उठिरहेका आवाजलाई संबोधन गर्नु पर्छ ।’

ठूला दल मिलेर सरकार बनाउनु हुँदैन भनेर प्रतिपक्षमा बसेको नेपाली काग्रेसले नमानेसम्म सहमतिको सरकार बन्न नसक्ने भन्दै मैनालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भए अहिलेकै गठबन्धनलाई क्रियाशिल बनाएर जादा उपयूक्त हुने सुझाव दिए । उनले भने,‘ माओवादीसँग कुनै सहमति भएको भए त्यो कार्यान्वयन गरेर गए हुन्छ तर सहमति बाहेक बहुमतको अर्को सरकार बनाउने कुरा मुलुकमा अस्थिरता ल्याउने काम मात्रै हुन्छ ।’

मैनालीले माओवादी केन्द्र प्रति लक्षित गर्दै पार्टी भित्रको समस्या समाधानको लागि गठबन्धन भत्काउनु उचित नहुने तर्क गरे । उनले भने,‘ पार्टीका मन्त्रीहरुलाई लिएर असन्तुष्टी हो भने उनीहरुलाई फिर्ता बोलाएर अरु पठाए भई हाल्यो नि । पार्टीको समस्या थोपरेर गठबन्धन भत्काउनुको औचित्य छैन । मैनालीले सहमतिको सरकारको नेतृत्व प्रचण्डले जति मुख मिठ्याएपनि हुन नसक्ने ठोकुवा गर्दै प्रचण्डले अहिलेको गठबन्धन भत्यकाए पछि पकड्ने ठाँउ समेत नभेट्ने चेतावनी दिए ।

प्रकाशित मिति: Jun 30, 2016

प्रतिक्रिया दिनुहोस्